महिला कलाकारलाई हेर्ने नजर नकारात्मक – गायिका प्रिया सेन्चुरी

13775474_263261684066477_1521851142811866423_nसोलुखुम्बु । ओखलढुंगाको रावादोलु गाविसमा जन्मेकी प्रिया सेन्चुरी नेपाली संगीतमा सघर्षरत नाम हो । लोक र आधुनिक दुवै क्षेत्रमा लागी पर्ने प्रणसहित अघि बढ्दै गरेकी सेन्चुरीले आधा दर्जन भन्दा बढि गीतमा स्वर दिईसकेकी छिन् ।

संगीतलाई जीवनकै सहयात्री सम्झने सेन्चुरीले गएको दशैतिहार लक्षित दोहोरी गीत ‘यस पालीनी घर आउन पाउदिन’ बजारमा ल्याएकी थिईन, त्यसपछि ‘नारीको जुनी’ बोलको आधुनिक गीतमा स्वर दिएकी छिन् ।

संगीत सुन्दा जति आनन्द महसुस हुन्छ तर संगीतमा टिक्न र विक्न निकै मुस्किल भएको उनको महसुस छ । नयाँ कलाकार त्यसमा पनि महिला कलाकारलाई हेर्ने दृष्ट्रिकोण नफेरिदा निकै असजिलो भएको छ, गायिका सेन्चुरी भन्छिन्, ‘मुखले ठिक्क पार्ने तर व्यवहार फरक देखाउने घिनलाग्दो व्यवहार केहि अग्रजमा पनि भेटे’ जस्तोसुकै दुख पाएपनि संगीतमा नै स्थापित भईछाड्ने सेन्चुरीको भनाई छ ।

एकपछि अर्को गीतमा स्वरमा दिएकी गायिका सेन्चुरीका ३ गीतहरु छिट्टै बजारमा सार्वजनिक हुदैछ । माया लाएसी, माया गाँसम है र चरी भएदेखि बोलको दोहोरी गीत तयारीमा रहेको उनको भनाई छ । चरी भए देखिमा रंगकर्मी शिखर गजरकोटेको शब्द र भाका सृजना रहेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु