महायज्ञलाई उपलब्धिमूलक बनाउन सरोकारवालासंग छलफल

हिमाल एफ.एम.
सोलुखुम्बु, फागुन १२

सामुदायीक अस्पताल निर्माणका लागि आयोजना गरिएको महायज्ञलाई उपलब्धिमूलक बनाउन सरोकारवालासंग छलफल गरिएको छ ।

सोलुखुम्बुको मुक्लिमा दुधकोशी सामुदायीक अस्पताल निर्माणका लागि सहयोग संकलन गर्ने उद्देश्यले आगामी चैत्र २ देखि ९ सम्म हुने श्रीमत भागवत महायज्ञका लागि जिल्लाका महिला अधिकारकर्मी, बुद्धिजीबी, नेपाल शिक्षक महासंघको समन्वयमा शिक्षकहरुसंग छलफल गरिएको छ ।

सल्लेरीमा शिक्षकहरुसंग छलफल गर्दै गाउँपालिका अध्यक्ष असिम राई

थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, प्रमुख प्रशासकीय अधिकृत अविलाल राई सहितको उपस्थितीमा भएको छलफलमा महायज्ञ अवधिमा जिल्लाबाट पाँच सय महिलाहरुको उपस्थिती गराउने र स्वच्छिक दान गर्ने महिला अधिकारकर्मीले बचन दिएका छन् ।

शिक्षकहरुसंग गरिएको छलफलमा हिमालय शेर्पा बुद्धिष्ट आधारभूत विद्यालयका प्रध्यानाध्यापक गोविन्द बस्नेतले अस्पताल निर्माणको लागि एक लाख रुपैया सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । गाउँपालिकाले ५० शैयाको सुविधासम्पन्न अस्पताल निर्माणको लागि महायज्ञबाट २० करोड सहयोग संकलन गर्ने लक्ष्य राखेको छ ।

लोेखिम स्थित थुलुङ राई संस्कृति प्रतिष्ठानले मुक्लिमा स्थापना गर्न लागिएको दुधकोशी सामुदायीक अस्पताल निर्माणको लागि एक लाख सहयोग गर्ने घोषणा गरेको छ ।

धार्मिक सद्भाव र सहिष्णुताको लागि आगामी चैत्र २ देखि ९ गते सम्म संचालन हुने श्रीमत भागवत महायज्ञको अबसरमा एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गर्ने प्रतिष्ठानको अध्यक्ष निर्कुधन राईले बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु