महायज्ञमा एकैदिन करोडभन्दा बढि दान

हिमाल एफ.एम.
सोलुखुम्बु, चैत्र ३

दुधकोशी सामुदायीक अस्पताल निर्माणका लागि सोलुखुम्बुको मुक्लिमा शुरु श्री मत भागवत महायज्ञको पहिलो दिन एक करोड भन्दा बढि रकम सहयोग संकलन भएको छ । शनिबार उदुघाटन गरिएको महायज्ञबाट कथावाचन शुरु भएको पहिलो दिन (आईतबार) एक करोड सात लाख १७ हजार ६१२ रुपैयाँ सहयाग संकलन भएको महायज्ञका प्रवक्ता बुद्धिराज राईले जानकारी दिए ।

राईका अनुसार २९ लाख १० हजार ४१९ रुपैयाँ नगद संकलन भएको छ भने ७८ लाख ७ हजार १९३ रुपैयाँ सहयोगका लागि घोषणा गरिएको छ । महायज्ञ उद्घाटनको दिन शनिबार २४ लाख ११ हजार ८८१ रुपैयाँ नगद संकलन भएको थुलुङ दुधकोशी गाउँपालिकाले जनाएको छ । महायज्ञकै अबसरमा हालसम्म एक करोड ३१ लाख २९ हजार ४९३ रुपैयाँ सहयोग संकलन भएको छ ।

मैदेलका बलराम गुरुङले २५ लाख १११ रुपैयाँ सहयोग गरेका छन् भने नेका विमल बस्नेतले १५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेका छन् । महायज्ञमा पन्चनका असिम राई, नेलेका शंकर बहादुर कार्की र मुक्लिका ५ लाख ५५ हजार ५५५ रुपैयाँको दरले दान गरेका छन् ।

मुक्लिका राज कुमार गुरुङ ६ लाख १ एक हजार १११ रुपैयाँ सहयोग गरेका छन् भने मुक्लिका लाल बहादुर बस्नेतले ५ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । संस्थागत तर्फ मैदेल गुरुङ सेवा समाजको तर्फबाट अस्पताल निर्माणको लागि दश लाख एघार हजार १११ रुपैयाँ प्राप्त भएको छ ।

सुविधासम्पन्न ५० शैयाको अस्पताल निर्माणका लागि महायज्ञ शुरु गरिएको हो । यज्ञबाट २० करोड रकम संकलन गर्ने लक्ष्य राखिएको छ । यसअघि नै सहयोग संकलन अभियान मार्फत ७ करोडको हाराहारीमा सहयोग संकलन भईसकेको गाउँपालिकाले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु