महायज्ञको सातौँ दिन – ३ करोड ५० लाख बढि संकलन

हिमाल एफ.एम.
सोलुखुम्बु, चैत्र ९

सोलुखुम्बुको मुक्लिमा जारी श्रीमत भागवत ज्ञान महायज्ञको सातौँ दिन शुक्रबार ३ करोड ५० लाख भन्दा बढि आर्थिक संकलन भएको छ ।

मुक्लिमा जारी महायज्ञमा कथावाचन गर्दै पण्डित दिनबन्दु पोखरेल

थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लिमा निर्माण गरिने सुविधासम्पन्न दुधकोशी सामुदायीक अस्पतालका लागि आयोजित महायज्ञबाट ३ करोड ५० लाख ८४ हजार १२४ रुपैयाँ संकलन भएको हो ।

महायज्ञबाट हालसम्म ८ करोड भन्दा बढि रकम संकलन भएको गाउँपालिकाले जनाएको छ ।

शनिबार महायज्ञको अन्तिम दिन हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु