महायज्ञको पाँचौ दिन एक करोड ४२ लाख संकलन

हिमाल एफ.एम.
सोलुखुम्बु, चैत्र ६

थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लिमा जारी श्रीमत भागवत ज्ञान महायज्ञको पाँचौ दिन बुधबार एक करोड ४२ लाख ४६ हजार ३०२ रुपैयाँ सहयोग संकलन भएको छ ।

मुक्लिमा जारी महायज्ञमा कथावाचन गर्दै पण्डित दिनबन्दु पोखरेल

५० शैयाको सुविधासम्पन्न दुधकोशी सामुदायीक अस्पताल निर्माणको लागि आयोजित महायज्ञमा प्रदेश सांसद उत्तम कुमार बस्नेतले एक करोड रकम व्यवस्थापनको जिम्मा लिनुभएको छ । यो बर्ष निर्वाचन क्षेत्र पुर्वाधार कार्यक्रम अन्तरगत ४० लाख विनियोजन गरेका सांसदले बाँकी रकम आगामी बर्ष विनियोजन गर्ने प्रपितबद्धता व्यक्त गरेका हुन् ।

महायज्ञबाट ४ करोड ८० लाख भन्दा बढि सहयोग संकलन भएको गाउँपालिकाले जनाएको छ । बुधबार करिब १५ सयको हाराहारीमा विभिन्न स्थानका नागरिक कथा सुन्नका लागि मुक्लि पुगेका थिए । महायज्ञमा कथावाचन पण्डित दिनबन्दु पोखरेलले गरिरहेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु