महायज्ञको तयारी द्रुत, मदिरा विक्रिमा रोक

  • शिखर गजरकोटे

सोलुखुम्बु, फागुन १०

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले महायज्ञ अवधिमा मदिराजन्य पदार्थको विक्रिमा रोक लगाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको कार्यपालिकाको वैठकले आगामी चैत्र २ देखि ९ सम्म दुधकोशी सामुदायीक अस्पताल निर्माणको लागि आयोजना गर्न लागिएको श्रीमत भागवत महायज्ञको समयमा गाउँपालिका ६ मुक्लि क्षेत्रमा मदिरा विक्रिमा प्रतिबन्ध लगाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

 

२६ वटा उपसमिति गठन

कार्यपालिकाको वैठकले महायज्ञ सफल पार्नका लागि वडाअध्यक्ष र स्थानीय अगुवाको संयोजकत्वमा २६ वटा उपसमिति गठन गसमेत गरिएको छ ।

महायज्ञको तयारी द्रुत गति अघि बढाईको अध्यक्ष राईले बताउनुभयो । अस्पताल निर्माणको लागि महायज्ञबाट २० करोड रकम संकलन गर्ने लक्ष्य राखिएको छ ।

साढे २३ रापनी जग्गा निशुल्क
गाउँपालिकाको केन्द्र रहेको मुक्लिमा निर्माण गरिने सुविधासम्पन्न दुधकोशी सामुदायी अस्पतालका लागि साढे २३ रोपनी जग्गा निशुल्क प्राप्त भएको छ ।

राजधानीको एक कार्यक्रममा मुक्लिका गोरे राईले २२ रोपनी जग्गा निशुल्क उपलब्ध गराउने भनेपनि अस्पताल निर्माण क्षेत्रमा जग्गा अपुग भएकाले उनको आमा पबिमाया राईले १२ रोपनी जग्गा निशुल्क प्रदान गर्नुभएको छ ।

मुक्लिका स्थानीयहरु ललित बहादुर राईले ४ रोपनी, शौरभ राई र जोरमान राईले २/२ रोपनी जग्गा निशुल्क रजिष्ट्रेशन गरिदिएका छन् भने हेमन्त राई रकर्ण बहादुर राईले एक/एक रोपनी र हरिसिंह राईले डेढ रोपनी जग्गा प्रदान गरेका हुन् ।

प्राप्त जग्गा शुक्रबार अस्पतालको नाममा रजिष्ट्रेशन गरि दाताहरुलाई गाउँपालिका अध्यक्ष असिम राईले सम्मान समेत गरेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु