महायज्ञको तयारी तिब्र

हिमाल एफ.एम.
सोलुखुम्बु, पुस ३०

थुलुङ दुधकोशी गाउँपालिकाले सुविधासम्पन्न अस्पताल निर्माणको लागि आर्थिक संकलन अभियानलाई तिब्रता दिएको छ ।

‘दुधकोशी’ नाम दिईएको सामुदायीक अस्पताल निर्माणको लागि आर्थिक संकलन गर्ने द्येयले आगामी चैत्र २ देखि ९ गतेसम्म मुक्लिमा श्रीमत भागवत सप्ताह महायज्ञ गर्ने तयारीलाई तित्र्र पारिएको सोमबार मुक्लिमा गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।

महायज्ञको अवधारणा र प्रगती सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष असिम राई

५० शैयाको अस्पताल निर्माणको लागि स्थानीय गोरे राईवाट २२ रोपनी जग्गा निशुल्क प्राप्त भईसकेको अवस्थामा महायज्ञवाट २० करोड सहयोग संकलन गर्ने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष असिम राईले बताए । उनले भने, ‘महायज्ञ सफल पार्नका लागि पाँच हजार एक सदस्सीय मूल आयोजक समिति गठन गरिएको छ । दर्जनौ मूलुकमा उपसमिति गठन गरि सहयोग संकलनको कामलाई अघि बढाईएको छ ।’

चैत्र २ गते शिलन्यास गरिने अस्पताल २ बर्ष भित्र निर्माण सक्ने योजना बनाईएको छ । आर्थिक संकलनको लक्ष्य प्राप्तीको लागि जिल्लाका स्थानीय तहसंग साझेदारी गरिएको छ । हरेक स्थानीय तहले कम्तीमा ५ लाख सहयोग गर्ने गरि समन्वय गरिएको अध्यक्ष राईको भनाई छ । अस्पतालमा नागरिकको अपनत्व बृद्धि गर्नका लागि ‘एक व्यक्ति एक हजार’ दान अभियान संचालन गर्ने बताईएको छ ।

पत्रकार सम्मेलनमा महायज्ञको बारेमा जानकारी दिदै पंण्डित दिनबन्धु पोखरेल

पत्रकार सम्मेलनमा बोल्दै पंण्डित दिनबन्धु पोखरेलले धार्मिक कार्यक्रमको माध्यमवाट अस्पताल निर्माणको अभियानमा सामेल हुन पाउदा खुसि व्यक्त गरे । । उनले महायज्ञले भावनात्मक एकता कायम गरि समतामूलक समाज निर्माणमा टेवा पु¥याउने भएकाले अस्पताल निर्माणको अभियान पनि साझा बन्नुपर्ने बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!