महायज्ञको छैठौँ दिन – एक करोड २३ लाख संकलन

हिमाल एफ.एम.
सोलुखुम्बु, चैत्र ७

सोलुखुम्बुको मुक्लिमा जारी श्रीमत भागवत महायज्ञको छैठौ दिन एक करोड २३ लाख रकम संकलन भएको छ ।

मुक्लिमा जारी महायज्ञमा कथावाचन गर्दै पण्डित दिनबन्दु पोखरेल

थुलुङ दुधकोशी गाउँपालिकाको मुक्लिमा निर्माण हुने ५० शैयाको दुधकोशी सामुदायीक अस्पताल निर्माणको लागि आयोजित महायज्ञबाट आज एक करोड २३ लाख ९५ हजार ४६८ रुपैयाँ संकलन भएको सहकर्मी अर्जुन नेपालीले जानकारी दिए । मुक्लिका गोविन्द गुरुङको पहमा मैदेल गाउँ सेरोफेरो समाज काठमाण्डौले ८७ लाख रकम दान गरेको हो ।

हालसम्म महायज्ञबाट ६ करोड भन्दा बढि सहयोग संकलन भएको गाउँपालिकाले जनाएको छ । हालसम्म पाँच हजार भन्दा बढि आन्तरिक पर्यटक कथा सुन्नका लागि मुक्लि पुगिसकेका छन् । महायज्ञ शनिबारसम्म जारी रहनेछ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!