महाभूकम्पमा मर्नेको संख्या करिब ३५ सय

वैशाख १४ – शनिबार गोरखाको बारपाकलाई केन्द्र बनाएर आएको ७.६ रेक्टरको महाभूकम्पमा परी ज्यान गुमाउनेको संख्या करिब ३ हजार ७ सय पुगेकोछ । सिन्धुपाल्चोक र काठमाडौंमा सबैभन्दा बढीको ज्यान गएको छ ।

सोमबार अपरान्ह १२ बजे गृह मन्त्रालयले गराएको पछिल्लो अपडेट अनुसार ३ हजारा ४ सय ३२ जनाको मृत्यु भइसकेको छ । मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

मुख्य रुपमा सिन्धुपाल्चोकमा ९४४, काठमाडौंमा ९१३, धादिंगमा २९९, नुवाकोटमा ४२२, गोरखामा २२३, भक्तपुरमा २३४, काभ्रेमा १९३, ललितपुरमा १५५, रसुवामा १५०, दोलखामा ४६ जनाको निधन भएको छ । रामेछापमा २६, मकवानपुर ३३, खोटाङमा १६ र ओखलढुंगामा १६ जनाले ज्यान गुमाएका छन् । घाइतेको संख्या ६ हजार ८ सय ३३ रहेको अहिलेसम्मको विवरणमा उल्लेख छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु