महाकुलुङ गा.पा.को बुङमा आँखा शिविर (तस्विर)

शिखर गजरकोटे
सोलुखुम्बु, १६ पौष

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका बुङमा संचालन गरिएको आँखा शिविरमा ११० जनाले सेवा लिएका छन् ।

शिविर भोली पनि जारी रहने जिल्ला सामुदायीक आशा केन्द्रका प्रमुख पुष्पबाबु बस्नेतले जानकारी दिनुभयो ।

चाक्चाकुर महोत्सव मनाईरहेको क्षेत्रमा गरिएको शिविरमा सदरमुकाम धाउन नसक्ने जेष्ठ नागरिकहरुलाई सेवा दिने लक्ष्य राखिएको छ ।

तस्विर -पुष्पबाबु बस्नेतको फेसबुक

Comments

comments

सम्बन्धित शीर्षकहरु