महाकुलुङ गाउँपालिका र जनप्रतिनिधि विपक्ष बनाई दर्ता गरिएको रिट खारेज

सोलुखुम्बु – महाकुलुङ गाउँपालिकाको गौरबको आयोजना अन्तर्गत महाकुलुङ चक्रपथ निर्माण गर्ने क्रममा गाउँपालिका कार्यालय, गाउँपालिका अध्यक्ष, ३ नं.वडा कार्यालय र. वडा अध्यक्ष, २ वटा उपभोक्ता समितिका सम्पुर्ण पदाधिकारीलाई विपक्ष बनाई केही जग्गाधनीले उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगामा दर्ता गराएको रिट खारेज गरिएको छ ।


गत श्रावण ३१ गते “अन्तरिम आदेश सहितको उत्प्रेशणयुक्त परमादेशको माग गर्दै पेश गरिएको रिट निवेदन बुधबार आज अस्थायी इजालस ओखलढुंगाका न्यायधिसद्वोय गणेश प्रसाद वराल र किरण कुमार पोख्रेलको संयुक्त इजालसले खारेजीको निर्णय गरेको छ ।

अदालतको निर्णयपछि हिमाल एफ एमसंग कुराकानी गर्दै गाउँपालिका अध्यक्ष सागर किराँतीले अदालतको निर्णय जनहितमा रहेको र महाकुलुङ चक्रपथ निर्माणको कामले तिब्रता पाउने प्रतिक्रिया दिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!