महाकुलुङमा १५ शैयाको प्राथमिक अस्पताल स्थापना, मुख्यमन्त्रीले उद्घाटन गर्ने

सोलुखुम्बु – जिल्लाकै दुर्गम मानिएको दुधकोशी पारिका स्थानीय तह महाकुलुङ गाउँपालिकामा प्राथमिक अस्पताल स्थापना गरिएको छ ।

दुरदराजका सर्वसाधारणलाई स्वास्थ्यको पहूँचमा पु¥याउने द्येयले महाकुलुङ गाउँपालिकाको व्यवस्थापनमा १५ शैयाको महाकुलुङ प्राथमिक अस्पताल स्थापना गरिएको हो । उक्त अस्पतालको उद्घाटन फागुन २३ गते प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम तय गरिएको स्वास्थ्य शाखा संयोजक हरि आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार करिब ४५ लाखको लागतमा आवश्यक मेसिन, भौतिक संरचना, औषधि खरिद सम्पन्न गरिसकिएको छ । एक चिकित्सकको व्यवस्था गरि भिडियो एक्सरे, ल्याव, वर्थिङ सहितको प्राथमिक अस्पतालले सेवा प्रवाह थालिसकेको महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँतीले जनाए ।

उद्घाटन कार्यक्रममा सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘सुरवीर’, प्रदेश सभा सदस्य उत्तम कुमार बस्नेत र बुद्धिकुमार राजभण्डारी सहित जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिको उपस्थिती रहने गाउँपालिकाले जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!