महाकुलुङमा एक घर एक धारा

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, साउन ३

एक घर एक धाराका लागि सोलुखुम्बुको महाकुलुङ गाँउपालिकामा ८७ लाख बजेट छुट्याईएको छ ।

गाउँपालिकाले तिन योजनामा ५५ लाख र प्रदेश सरकारबाट विभिन्न ४ योजनामा ३२ लाख बजेट विनियोजन गरेको छ ।

आर्थिक बर्ष २०७६–७७ मा काम गर्ने गरि वडा नं ५ गुदेलमा ३० लाख बजेट विनियोजन गरिएको छ । जुन क्रमागत रहनेछ भने वडा नं १ बुङमा २५ लाख विनियोजन गरिएको छ ।

विनियोजित बजेट बुङ जनकल्याण केन्द्रको साझेदारीमा खर्च गरिनेछ । वोर्देला खानेपानी व्यवस्थापनका लागि ५ लाख बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारबाट गुदेल खानेपानी आयोजनामा १५ लाख, लाम्दावा मुहान खानेपानी आयोजनामा १० लाख, बुङ खानेपानीमा ४ लाख र छेस्काम खानेपानीलाई ३ लाख बजेट विनियोजन गरिएको छ ।

यसैबीच, वडातहबाट पनि प्रयोगमा आईरहेको खानेपानी योजना मर्मतका लागि १८ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

वडा नं २ ले चोङखिदो खानेपानी मर्मतमा ४ लाख र साम्लाम खानेपानी मर्मतका लागि २ लाख बजेट छुट्याएको छ ।

वडा नं ३ ले गेम्माई खानेपानी मर्मतका लागि २ लाख विनियोजन गरेको छ ।

वडा नं ४ ले सानाम खानेपानी मुहान, साम्फोदो खानेपानी, लुच्चाम खानेपानी र खिमपैँचो खानेपानी मर्मतका लागि २–२ लाख तथा तुमाउ खानेपानी मर्मतका लागि २ लाख ५० हजार बजेट विनियोजन गरेको छ ।

नागरिकमा स्वच्छ पानीको पहूँच पु¥याउने उद्देश्यले आर्थिक बर्ष २०७६–७७ मा खानेपानी व्यवस्थापनलाई प्राथमिकतामा राखेको अध्यक्ष सागर किँरातीले बताए ।

आगामी बर्षहरुमा अन्य वडामा खानेपानी व्यवस्थापनलाई प्राथमिकता दिने अध्यक्ष किराँतीको भनाई छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु