महाकुलुङका युवामा लोकसेवा मोह

हिमाल एफ.एम., ११ माघ, सोलुखुम्बु । सोलुखुम्बुको माहाकुलुङ गाउँपालिकाका युवाहरुको आकर्षण लोकसेवा आयोग तिर बढेको छ । पछिल्लो एक दशकमा त्यहाँका २९ जना युवा निजामती क्षेत्रमा प्रवेश गर्न सफल भएका छन् । पछिल्लो समय सोलुखुम्बुको माहाकुलुङ गाउँपालिका निजामती क्षेत्रमा प्रवेश गर्न सफलहुने सख्याको हिसाबले जिल्लाको अग्रणी गाउँपालिका बनेको छ । एक दशक अगाडि नेपाली भाषा राम्रो सगँ बाल्न नसक्ने माहाकुलुङ बासी अहिले लोकसेवा आयोगमा नाम निकाल्ने अग्रणी गाँउपालिका बनेको हो । हाल सम्म माहाकुलुङबाट प्रशासनतर्फ १२ जना, स्वास्थ्यतर्फ ९ जना , बन रक्षकमा ६ जना र सिनीयर गेम स्काउटको कमान्डीङमा १ जनाले नामनिकाल्न सफलभएका ह्ुन् । महाकुलुङको छेस्कामबाट सबै भन्दा धेरै नायब सुब्बामा रामकुमार कुलुङ, धु्रबधन राई, र कुमार कुलुङले नाम निकाल्न सफल भएका हुन भने सविताकुलुङ, अनुजंगकुलुङ, अर्जु कुलुङ र एक राजकुलुङले खरिदारमा नाम निकालेका छन् । गुदेलबाट खरिदार पदमा नाम निकाल्ने राजकुमार राई र हर्क जीत राई २ जना रहेका छन् । बुङबाट नायब सुब्बामा शुक्रमनी राई , केडी कुलुङ निजामती क्षेत्रमा प्रवेश गर्न सफलहुनु भएको हो । पहिला तराई तथा जिल्लाका अन्य ठाँउबाट जागिरका लागि जाने मानिस बढि भेटिन्थे भने हाल माहाकुलुङका कुुलुङ समुदायमा व्यक्तिहरु नै सरकारी कार्यलयमा भेटिने गरेका छन् । माहाकुलुङका अधिकांस विद्यालयमा शिक्षक कुलुङ समुदायका छन् । गाँउपालिका भरी रहेको १८ वटा विद्यालयमा जिल्लाका नेचा सल्यान र अन्य ठाउका शिक्षकहरु रहेका छन् । नेचा सल्यान र माहाकुलुङका ८० प्रतिशत र अन्य ठाँउका २० प्रतिशतशिक्षक रहेको गाँउपाकिलाका शिक्षा शाखा संयोजक दयाराज बस्नेतले जनाकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु