मलेसियन विमान दुर्घटना २९५ यात्रुको निधन, मिसाइल अाक्रमणको खुलासा

हिमाल एफ.एम, साउन २ । मलेसियन एयरलाइन्सको एमएच १७ बिमानमा रुस र युक्रेनको सीमाक्षेत्रमा मिसाइल हानी खसालिएको छ । नेदरल्याण्डको आम्सट्रडमबाट २९५ यात्रु बोकेर क्वालालम्पुरतर्फ उडेको जहाजलाई बिहीबार रकेट प्रहार गरी खसालिदिएका हुन् । एको रुसी समाचार संस्था इन्टफ्याक्सले जनाएको छ । विमानमा हानिएको मिसाइल आक्रमणमा परी बिमानमा सवार सवै २९५ यात्रुको निधन भएको छ । मृतक २९५ यात्रुमध्ये एक सय ५४ जना नेदरल्याण्ड्सकै नागरिक परेका छन् । यस्तै २७ जना अष्ट्रेलियन र २३ जना मलेसियन नागरिकको मृत्यु भएको छ । युक्रेनका गृहमन्त्रीले मिसाइल आक्रमणको घटनाको पुष्टी गर्दै ‘आतंकबादीहरुले’ बिमान खसालेको बताएको छ । यसैवीच मलेसियाका प्रधानमन्त्री नजीव रज्जाकले घटनाबारे गहिरो दुख व्यक्त गर्दै मिसाइल आक्रमणको घटनालाई दुःखद वर्षको दुःखद दिनको संज्ञा दिएका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!