मन्थली–लुक्ला उडान सुचारु भएपछि खम्बुमा पर्यटकको आवागमन बढ्यो

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, असोज २३

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा विमानको चाप बढेसँगै रामेछापको मन्थली विमानस्थलबाट लुक्ला उडान पुनः सुचारु भएपछि खुम्बुमा पर्यटकको आवागमन बढेको छ । यस अघि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल मर्मत गर्ने क्रममा तीन महिना अघि पनि मन्थलीबाट लुक्ला उडान गरिएको थियो ।

नागरिक उड्यान प्राधिकरणले पर्यटकहरु आवागमन हुने मुख्य पर्यटकीय गन्तव्य लुक्लाको लागि मन्थलीबाट उडान सुरु गरेपछि ट्राफिक जाम समेत कम भएको छ । लुक्ला विमानस्थलका प्रमुख ईमनाथ अधिकारीका अनुसार मन्थली–लुक्ला दैनिक चालिस भन्दा बढी उडान हुदा ६ सय सम्म पर्यटक भित्रने गरेका छन् । उहाँले करीब २ साताको अबधिमा ७ सय भन्दा बढी उडान भएको बताउदै हेलिकोप्टरको उडान पनि नियमित भइरहेको बताउनुभयो ।

लुक्लाको मौसम क्षण–क्षणमा परिवर्तन भइरहने हुँदा हवाई उडानको समय थपघट भइरहन्छ । प्रमुख अधिकारीले रामेछापबाट उडानका लागि धेरै चाप नपर्ने र समयमै उडान भर्न सकिने बताउनुभयो । उहाँका अनुसार मौसम अनुकुल भएमा रामेछापबाट पनि दैनिक ५० उडान गर्न सकिनेछ । मन्थली विमानस्थलबाट सिता, तारा र समिट एरलाइन्सले उडान भर्दै आएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु