मनाङलाई १५ लाख रुपैयाँको एनसेल कपको उपाधि

 
काठमाडौं, पुस २ मनाङ मर्स्याङ्दी क्लवले एनसेल कप फुटबलको उपाधि जितेको छ । काठमाडौंको दशरथ रंगशालामा बेलुकी भएको फाइनलमा ब्वाईज युनियन क्लवलाई १–० ले हराउँदै मनाङले उपाधिसहित १५ लाख रुपैयाँ हात पारेको छ ।
मनाङलाई उपाधि दिलाउन खेलको एक मात्र गोल सुजल श्रेष्ठले खेलको अतिरिक्त समयको २७ औं मिनेटमा गोल गरेका थिए । निर्धारित ९० मिनेटमा दुवै टिमले गोल गर्ने केही मौका पाएपनि त्यसलाई सदुपयोग गर्न नसकेपछि खेल अतिरिक्त समयमा थकेलिएको थियो ।
मनाङले जारी सिजनमा जितेको यो चौथो उपाधि हो । यसअघि उसले गोर्खा कप, सफल पोखरा कप र भुटानमा भएको किङस कपको उपाधि जितेको थियो ।
ब्वाईज युनियनले उपविजेता रहँदै ७ लाखमा चित्त बुझायो । मनाङले एनसेल कपको उपाधि जितेको यो लगातार दोश्रो पटक हो । पोहोर मनाङले रानी पोखरीलाई हराउँदै उपाधि जितेको थियो ।

प्रतियोगिताको सेमिफाइनलमा पराजित भएका नेपाल आर्मी र संकटा क्लवले समान डेढ लाख रुपैयाँ हात पारे । प्रतियोगितामा मनाङका अनिल गुरुङ उत्कृष्ट स्ट्राइकर र शिब श्रेष्ठ मिड फिल्डर, ब्वाइज युनियनका रवि शिलवाल उत्कृष्ट डिफेन्डर राजु योगी उत्कृष्ट किपर घोषित भए ।
यस्तै ब्वाइज युनियनका विजय महर्जन उत्कृष्ट प्रशिक्षक भए । उनीहरु सबैले समान ७५ हजार रुपैयाँ हात पारे । यस्तै ब्वाइज युनियन क्लवका असिमजंग कार्कीले

Comments

comments

सम्बन्धित शीर्षकहरु