मनसुधन थापाको मौलिक गीत ‘वस्ती पाल्पाको’ (भिडियो सहित)

सोलुखुम्बु । कलाकार तथा पत्रकार मनसुधन थापाले मौलिक दोहोरी गीत ‘वस्ती पाल्पाको’ बजारमा ल्याएका छन् ।

तनहूँमा जन्मेर हाल यूकेमा बसोबास गर्दै आएका थापाले प्रतिभाशाली संगीतकर्मी सागर विरहीको संकलनमा मौलिक गीत बजारमा पठाएका हुन् । विरही पनि तनहूँको घिरिङ–सुन्धारामा जन्मेका हुन् ।

palpako-1

थापाले नेपालमा रहदा रेडियो सगरमाथा र टेलिभिजनमा मगरभाषाको समाचार बाचन गर्थे ।

करोडौमा पाईछ्यौ रुप एउटा
मख्खै होलान् सिगार्ने देउदेउता
वस्ती पाल्पाको
आजै हो मायाको बोली चाल्पाको

सर्जक विरहीका अनुसार तनहूँको विभिन्न गाउँमा गाईदै आईएको स्थानीय भाका हो, वस्ती पाल्पाको ।

palpako

विरही भन्छन् ‘तनहूँका मानिसहरु पाल्पाको वस्तीहरुमा वेसाहा खोज्न जान्थे, त्यसवेला विच भागवाट कालिगंगा बग्ने भएकाले कालिपारे दाई भन्ने चलन बाक्लो थियो । वेसाहा खोज्न जाने क्रममा पाल्पामै बेलामौकामा रोधि बस्दा गाईने गीत, जुन अहिलेपनि तनहूँका विभिन्न वस्तीहरुमा यो गीत गाईने गरिन्छ । सोहि भाकालाई मनसुधन थापा र रेणु थापा मगरको स्वरमा रेकर्ड गरि बजारमा पठाएका हौ ।’

थापाको यूटुव च्यानलवाट सार्वजनिक गरिएको भिडियोमा थापासंगै आरुसी अस्लामीले नृत्य गरेका छन् । भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु