मनकारी कांग्रेस नेता : तिङलाका १५० परिवारलाई खाद्यान्न

सोलुखुम्बु, जेठ ८


नेपाली कांग्रेसका प्रदेश ‘ख’ सभापति कर्मा शेर्पाले सोलुदुधकुण्ड नगरपालिका ११ तिङलाका १५० परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।


राजनितिसंगै सामाजिक काममा तल्लिन शेर्पाले कोरोना भाइरस संक्रमणको जोखिम संगै लम्बिदै गएको लकडाउनका कारण प्रभावित बनेका १५० परिवारलाई एक–एक बोरा (३० केजी)चामल सहयोग गरेका हुन् । सिंहकाली महिला उत्थान कृषि सहकारी संस्थाको समन्वयमा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले खाद्यान्न वितरण गरेका हुन् । खाद्यान्न पाएका परिवारले खुसी व्यक्त गरेका छन् । स्थानीय एक महिलाले भनिन्, ‘विपदको बेलामा सहयोग गर्ने चाँही वास्तविक नेता हो ।’


खाद्यान्न वितरणमा सोलुदुधकुण्ड नगरपालिका ४ का वडाअध्यक्ष दावागेलु पाख्रिन, नगर प्रवक्ता शारदामाया तामाङ, वडा नं १ का सदस्य उत्रमान राई, वडा नं ५ का सदस्य गान्धिमाया तामाङ, तिङलाका वडासचिब ख्यामराज खतिवडा, सिंहकाली महिला उत्थान कृषि सहकारीका पदाधिकारी, स्थानीय अगुवा बाल कुमार कार्की लगायतको उपस्थिती रहेको थियो ।

कांग्रेस नेता तथा समाजसेवी शेर्पाले यसअघि सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुका लकडाउन प्रभावित परिवारलाई वितरणका लागि १८० बोरा चामल सहयोग गरेका थिए । उनले भने, ‘म काठमाण्डौमा रहेपनि विपदमा परेका आफ्ना जिल्लाका नागरिकलाई सहयोग गरेको हूँ । आवश्यकता अनुसार सहयोग गर्दै जानेछु ।’

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!