मधेस आन्दोलन बार्ताबाट समाधान नभए बल प्रयोग गरिन्छ: गृहमन्त्री

हिमाल एफ एम, मंसिर ४- गृहमन्त्री शक्तिबहादुर बस्नेतले मधेसको आन्दोलनलाई बार्ताबाटै समाधान गर्न सक्दो प्रयास भइरहेको भन्दै वार्ताबाट समाधान नभए कानुन अनुसार बल प्रयोग गर्ने बताएका छन् ।

गृहजिल्ला जाजरकोटमा शुक्रबार आयोजना गरिएको सम्मान कार्यक्रममा बोल्दै गृहमन्त्री बस्नेतले मधेस आन्दोलन जनताका लागि नभइ सत्ता र कुर्सीका लागि भएको बताए ।

वार्ताबाट आन्दोलन नटुंगिए बल प्रयोग गर्ने बाटो सरकारसंग रहेको उनको भनाइ थियो । अधिकांश मागमा सरकार सहमत भइसकेको अवस्थामा पनि अनेक बखेडा झिक्ने काम मधेसी दलहरुबाट भइरहेको भन्दै मन्त्री बस्नेतले मधेसी दलहरु इमान्दार नभएको आरोप लगाए ।

मुलुकमा मौलाएको कालो बजारी नियन्त्रणका लागि ठोस कदम चाल्ने उनको दाबी थियो । मन्त्री बस्नेतलाई जाजरकोटवासीले अभिनन्दन समेत गरेका थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु