मतदातालाई नयाँ शक्ति सोलुको धन्यवाद

शिखर गजरकोटे
सोलुखुम्बु, २५ मंसिर

नयाँ शक्ति पाटी नेपाल सोलुखुम्बुले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा सहभागी मतदातालाई धन्यवाद दिएको छ । सोमबार सल्लेरीमा पत्रकार सम्मेलन गर्दै पार्टीका जिल्ला संयोजक शुनिल खड्काले निर्वाचन प्रचारका बेलामा बचन दिएका काम गर्ने प्रतिबद्धता गर्दै जिल्लामा तेस्रो शक्तिको रुपमा स्थापित गरिदिने जिल्लाबासीलाई धनयवाद दिनुभएको हो ।

संयोजक खड्काले जिल्लालाई विकास र सम्बृद्धिको बाटोमा डोहोर्याउने अभियानमा सक्रिय भएर लाग्ने बताउनुभएको छ । उहाँले जिल्लामा राजनितिलाई उत्पादनसंग जोडेर रोजगारी र स्वरोजगारको संख्यालाई बृद्धि गर्ने अवधारणा ६ महिना भित्रै लागु गर्ने बताउनुभयो । हरेक वडामा कम्तीमा १० जना यूवाहरुलाई स्वरोजगारमा प्रेरित गर्ने गरि उत्पादीत वस्तुको उचित बजारीकरण र ब्रान्डिङको काम भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

नयाँ शक्ति पार्टी नेपालका उम्मेद्धारहरुले प्रतिनिधि सभा तर्फ ८२६ र प्रदेश सभा ‘क’ र ‘ख’ तर्फ एक हजार १५६ र १२० मत प्राप्त गरेको थियो । आगामी ५ बर्षमा संगठन निर्मँण लागी पर्ने समेत नयाँ शक्ति पार्टी नेपालको योजना रहेको संयोजक खड्काको भनाई रहेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु