भ्रामक समाचारको खण्डन

हिमाल एफ.एम.,
सोलुखुम्बु, मंसिर १३

माहाकुलुङ गाउँपालिका ३ छेस्काम वडाले विभिन्न स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा प्रसारित तथा प्रकाशित समाचार भ्रामक भएको भन्दै खण्डन गरेको छ ।

वडाअध्यक्ष डेक बहादुर राईद्धारा हस्ताक्षरित विज्ञप्तीमा बुधबार र विहिबार ‘वडाको काम झोलावाटै’ शिर्षकमा प्रसारित तथा प्रकाशित समाचार भ्रामक, तथ्यहिन र अपुष्ट भएको भन्दै समाचारको खण्डन गरिएको छ ।

कार्यालय समयमा ईमानदारीपुर्वक जनताको सेवामा काम गरिरहेको भएपनि नियोजित ढंगले गलत समाचार सम्प्रेषण गरेको भन्दै समाचार प्रति ध्याकर्षण भएको विज्ञप्तीमा जनाईएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु