भोकभोकै अलपत्र परेका जनतालाई राहत उपलव्ध गराउन कांग्रेसको माग

खोटाङ, वैशाख १५
खोटाङका दुई स्थानीय तहमा गठित कांग्रेसको गाउँपालिका कार्य समितिले ‘लकडाउन’को मारमा परेका नागरिकलाई उद्धार तथा राहतको व्यवस्था गर्न माग गरेको छ ।

महिना दिनभन्दा बढि समयदेखि जारी लकडाउनका कारण विशेषगरी शहरी क्षेत्रमा बसिरहेका नागरिक अलपत्रको अवस्थामा पुगेको भन्दै नेपाली कांग्रेस खोटेहाङ गाउँकार्यपालिका कार्य समिति र साकेला गाउँकार्यपालिका कार्य समितिले उद्धार तथा राहतको प्रवन्ध गर्न माग गरेको हो ।

छुट्टा–छुट्टै विज्ञप्ति जारी गर्दै कांग्रसको गाउँकार्यपालिका कार्य समितिले लकडाउनकाक्रममा कोरोना भाइरसको संक्रमणबाट जोगिएर स्वस्थताका साथ बाँच्न पाउने अधिकार सुनिश्चितता गर्न र भोकभोकै अलपत्र परेका जनतालाई राहत उपलव्ध गराउन माग गरेको हो ।

नेपाली कांग्रेस साकेला गाउँपालिका कार्र्य समितिका सभापति ताराकुमार खड्का र नेपाली कांग्रेस खोटेहाङ गाउँपालिका कार्र्य समितिका सचिव लोकराज ढकालले जारी गरेको विज्ञप्तिमा रोजगार, व्यवसाय, पेशा, उपचार वा अध्ययनको सिलसिलामा शहरका विभिन्न स्थानमा अलपत्र परेका नागरिकलाई समन्वय गरेर सुरक्षितसाथ आ–आफ्नो घर फिर्ने वातावरण सिर्जना गर्न आग्रह गरिएको छ ।

कांग्रेसले कोरोना भाइरसबाट बच्ने विधिलाई शतप्रतिशत पालनाका लागि सर्वसाधारणलाई आग्रह गरेको छ । विज्ञप्तिमा संकटको समयमा सावधानी पूर्वक आ–आफ्नो ठाउँमा बसी ‘आफु बच्ने र अरूलाई बचाउने’ अभियानमा लाग्न भनिएको छ ।

यस्तै, नेपाल विद्यार्थी संघले काठ्माण्डौं लगायतका शहरमा लकडाउनको मारमा परेका विद्यार्थीलाई घर फर्कने र खाने बस्ने उचित व्यवस्थाका लागि जिल्लाका स्थानीय तह समक्ष माग राखेका छन् ।

शहरमा बसिरहेका विद्यार्थी लकडाउनका कारण शैक्षिक संस्था जान नपाएकामाथि खाने–बस्ने समस्या भएपछि मारमा परेकाले तत्तत् स्थानमा राहतको व्यवस्था गर्न वा घर सम्म आउने वातावरणका लागि ध्यानाकर्षणपत्र बुझाइएको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष राजकुमार बस्नेतले बताए ।

नेविसंघले आईतबार र सोमबार खोटेहाङ, जन्तेढुंगा, ऐसेलुखर्क गाउँपालिका लगायतका स्थानीय तह समक्ष विद्यार्थीको राहत तथा उद्धारका लागि ध्यानाकर्षणपत्र बुझाएको जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!