भुटानी प्रधानमन्त्रीले पशुपति दर्शन गरे

हिमाल एफ एम, जेष्ठ १४- थिम्पुको खराब मौसमका कारण काठमाडौंमा रोकिएका भुटानी प्रधानमन्त्री छिरिङ तोब्गेले पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन् । उनको बुधबारको बसाई काठमाडौंमै हुने भएको छ । नयाँ दिल्लीबाट भुटान फर्किने क्रममा उताको मौसम खराबीका कारण तोब्गे चढेको डुक एयरको विमान अपरान्ह सवा २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको थियो । केही बेर विमानस्थलको विशिष्ट कक्षमा बसेका तोब्गे उताको मौसममा तत्काल सुधार नआउने संकेत पाएपछि काठमाडौं बस्न बाध्य भएका हुन् । उनले पशुपति मन्दिर पछि बौद्ध दर्शनका लागि गएका छन् । उनी सोल्टी होटलमा बस्ने जनाइएको छ । सुरक्षा स्रोतका अनुसार बिहीबार बिहान उनी भुटान प्रस्थान गर्नेछन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा भाग लिएर स्वदेश फर्किदै थिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!