भुकम्प पिडितहरुको खाद्यन्न सल्लेरीमै थन्कीयो

रेणु पराजुली जेठ १५–
ढुवानीको साधन नहुदा सोलुखुम्बुको गाउँ गाउँमा भुकम्प प्रभावित हरुको लागी पुर्याउनु पर्ने खाद्यन्नको समाग्री सल्लेरीमै थन्कीएको छ । झण्डै १ हप्ता पहिले आएका खाद्यन्नका सामगृहरु सदमुकाम सल्लेरीको बन्द कोठामा थुपारेर राखीएको छ । सदरमुकाम सल्लेरीबाट गाउँ सम्म पुर्याउनु पर्ने ती चामल, दाल लगायतका खाद्यन्नका सामगृहरुले जिल्ला बिकास समितिको समिक्षालयहल भपिरएको छ भने थप आएको सामगृ राख्ने ठाउँको समेत अभाब भएको छ तर ढुवानीका साधन नहुदा गाउँ सम्म पुगन नसकेको हो । नेपाल सरकारले सोलुखुम्बुको लागी ८० टन खाद्यन्नका समाग्री पठाएको भएपनि ढुवानीको साधन उपलब्ध नहुदा सोलुखुम्बुको भुकम्प प्रभाबित क्षेत्रमा रहेका भुकम्प प्रभावित लाइ खाद्यन्न वितरण गर्न नसकिएको हो ।
विभिन्न संघ संस्था ले सहयोग गरेको ९ टन खाद्यन्न ढुवानीको साधन पुग्ने गाविसहरुमा वितरण गरीएको र अहिले सरकारले उपलब्ध गराएको ८० टन खाद्यन्न सदरमुकाम सल्लेरीका अधिकासं घरमा क्षती पुगेका कारण गोदाम गर्न समेत समस्या भएको जिल्ला दैवि प्रकोप उद्धार समितीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भंmकनाथ ढकालले जानकारी दिनुभयो । भुकम्पले प्रभाबित गोली, चौलाखर्क, भकान्जे, सोताङ, बुङ, छेस्काम, गुदेल, पावै लगायतका गाबिसहरुमा हाल सम्म सडकको ट्रयाक समेत नपुगेकाले ढुवानीमा समीया भएको हो । खच्चडलाई बोकाएर खाद्यन्न ढुवानि गर्न समेत सम्भव नभएकोले हेलीकोप्टरको बिकल्प नभएको दैबि प्रकोप उद्धार समितिका संयोजक झंकनाथ ढकालले जानकारी दिनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु