भाषा र संस्कृति संरक्षणका लागि मिस शेर्पाले रेडियो कार्यक्रम संचालन गर्ने

शिखर गजरकोटे
सोलुखुम्बु, १३ माघ

मिस शेर्पा २०१७ को उपाधि चुमेकी सोनाम डोल्मा शेर्पाले शेर्पा भाषामा रेडियो कार्यक्रम संचालनको तयारी गरेकी छिन् ।

मिस शेर्पाले शेर्पा समुदायको भाषा संस्कृतिलाई विश्वभर फैलाउने उद्देश्यले भाषागत कार्यक्रम ‘शेर्पा आवाज’ संचालन गर्ने तयारी थालेकी हुन् ।

हरेक बुधबार विहान ७.३० बजे र शनिबार साँझ ६.३० बजे हिमाल एफ एम र रेडियो एभरेष्टमा निकट भविष्यमै प्रसारण हुने कार्यक्रमको उत्पादनमा जुटेको मिस शेर्पाले बताईन् ।

कार्यक्रमले शेर्पा र गैरशेर्पा समुदायमा समुदायगत भाषा र संस्कृति जर्गेना तथा संरक्षणमा टेवा पुग्ने अपेक्षा लिईएको छ । कार्यक्रम हिमाली सञ्चार लिमिटेडको ब्यानरमा उत्पादन तथा प्रसारण हुनेछ ।

कार्यक्रम उत्पादन गर्दै गरेको तस्विरहरु –

Comments

comments

सम्बन्धित शीर्षकहरु