भालुको आक्रमणबाट खोटाङका एक व्यक्ति गम्भिर घाईते

सोनी राई,
सोलुखुम्बु, मंसिर १०

खोटाङको केपिलासगढी गाँउपालिका १ फेदीका देउ कुमार राई भालुको आक्रमणबाट गम्भिर घाईते भएका छन् ।

आलुबारी जंगलमा चौरी पालन गर्दै आएका ३५ वर्षिय राईलाई सोमबारदिउसो करिब साढे ३ बजे गोठालो गरीरहेको अवस्थामा भालुले आक्रमण गरेको हो ।

भालुको आक्रमणबाट राईको देब्रे हात भाचिएको र टाउको र अनुहारमा गहिरो चोट लागेको सहकर्मी कोसी कुमार राईले जानकारी दिनुभयो । सामान्य प्राथमिक उपचार पश्चात थप उपचारका लागि राईलाई आज जिल्ला अस्पताल दिक्तेल लगिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु