भालुको आक्रमणबाट एक बृद्ध गम्भिर घाईते

दिपेन्द्र पराजुली,
सोलुखुम्बु, असोज

सोलुखुम्बुमा भालुको आक्रमणबाट एक बृद्ध गम्भिर घाईते भएका छन् । मंगलबार दिउँसो करिब १२ः३० बजे सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुका पासाङ शेर्पा भालुको आक्रमणबाट घाईते भएका हुन् ।

७५ वर्षिय शेर्पालाई गाई चराउदै गरेको अवस्थामा भालुले आक्रमण गरेको थियो ।भालुको आक्रमणबाट घाईते शेर्पाको फाप्लु अस्पतालमा उपचार भईरहेको छ । शेर्पाको अवस्था चिन्ताजनक रहेको वडाध्यक्ष छोङबा लामा शेर्पाले जानकारी दिए ।

घाईते शेर्पाको टाउको, पेट, खुट्टामा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । मकै पाक्ने सिजनमा बर्षेनी भालु आतंक र आक्रमणबाट कृषकहरु प्रताडित हुदै आएका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!