भारतीय राजदुत रणजित राय नयाँ दिल्ली प्रस्थान्

ranjit-raeकाठमाडौं, २७ असोज । नेपालका लागि भारतीय राजदुत रणजित राय आज विहान नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

भारतको गोवामा यही अक्टोवर १५ र १६ मा हुने व्रिक्स सम्मेलनमा नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि जाने कार्यक्रम रहेकोेले राजदुत राय प्रधानमन्त्री प्रचण्ड भारतमा रहँदा खेरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत अन्य महत्वपूर्ण भेटघाटको व्यवस्था लगायत अन्य तयारीको लागि आज दिल्ली उडेका हुन् ।

ब्रिक्स सम्मेलनको आउटरिच कार्यक्रम अन्तर्गत बिमेस्टेक देशका सरकार प्रमुखहरुलाई आयोजक राष्ट्र भारतले आमन्त्रण गरे अनुसार एक महिनाको अवधिमा प्रधानमन्त्री दाहाल दोस्रो पटक भारत भ्रमणमा जान लागेका हुन् ।

ब्रिक्स सम्मेलनमा नेपाल सहित बिमस्टेकका ६ सदस्यहरु समेत सहभागी हुने छन् । सो सम्मेलनमा नेपाल लगायत ११ देशका सरकार प्रमुखहरुको सहभागिता रहने छ । ब्रिक्सको रिट्रिटमा विमस्टेकका सदस्य राष्ट्रका प्रमुखहरुलाई सहभागी गराउन लागिएको हो ।

१५ अक्टोबरमा व्राजिल, रसिया, भारत, चीन र साउथ अफ्रिकाको ब्रिक्स सम्मेलन भए पनि अक्टोवर १६ मा सो सम्मेलनको आउटरिच कार्यक्रम अन्तर्गत वंगलादेश, भूटान, नेपाल, श्रीलंका म्यानमार र थाइल्याण्ड सम्मिलित बिमेस्टेक सहितको सम्मेलन हुने छ

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!