भारतीय प्रहरीद्वारा अन्धाधुन्ध गोली प्रहार, चार नेपाली घाइते

सुनसरी, असोज ९- भारतीय सुरक्षा बल एसएसबीका जबानहरुले गोली चलाउंदा सुनसरीमा आज(बुधबार) चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा हरिपुर गाविसका असोक यादव, नरेस यादव, मनोज यादव र सरोज यादव रहेका छन् ।

असोकको पेटमा गोली लागेको छ भने अन्यको ढाड र शरीरका बिभिन्न भागमा गोलीका छर्रा लागेको छ । घाइते सबैको बिपी स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । नेपाल–भारत सीमास्थित भण्टाबारीमा भारतीय जवानले नेपाल प्रवेश गरेर स्थानीयमाथि अन्धाधुन्ध गोली चलाएका हुन् ।

भारतीय बजार बीरपुरमा गएर पेट्रोल र डिजल बोकेर नेपाल आएका उनिहरुमाथि नेपाली भूमी मै बसेर गोली प्रहार भएकाप्रहरीले जनाएको छ । घटनाबारे नेपाल प्रशासनले भने कुनै प्रतिकृया जनाएको छैन ।

यसैबिच, सुनसरीको भण्टाबारीमा आज बिहान आफ्ना जवानहरुबाट गोली चलेको भारतीय सीमा सुरक्षा बल ९एसएसबी०का सतना पोष्टका इन्चार्ज रणविर सिंहले स्वीकार गरेका छन् । उनले सुनसरी प्रहरी प्रमुख संजयराज शर्मालाई टेलिफोन गरी घटनामा आफ्ना जवानहरुबाट फायर भएको स्वीकार गरेका छन् ।

भारतको सुपौल जिल्लाको भीमनगर बजारबाट स्थानियले साइकलमा रसायनिक मल लिएर आउँदै गरेकाबेला दशगजामा रहेको एसएसबीले रोकेपछि विवाद भएको थियो । विवाद बढ्दै गएपछि स्थानियलाई लक्ष्य गरेर एसएसबीले नेपाली क्षेत्र भित्र गोली चलाएको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु