भारतिय महिलाले एकै सिजनमा दुइ पटक सगरमाथा आरोहण गर्ने

बिक्रम श्रेष्ठ
सोलुखुम्बु, २८ चैत्र

भारतिय एक महिलाले एकै सिजनमा दुइ पटक सगरमाथा आरोहण गर्ने भएकी छिन् । ३७ बर्षिय अंशु जानसेन्पा सगरमाथा आरोहणका लागि काठमाडौँबाट सोलुखुम्बु आइसकेकि छिन् । लबुचेमा रहेकी उनी भोली आधार शिबिर पुग्ने ए जि एभरेष्ट एक्सपिडिशनले जनाएको छ । उनले चालु सिजनमै दुइ पटक आरोहण गर्न लागेकी हुन् । सामान्यतया एकम सिजनमा आरोहीले एक पटक मात्रै हिमाल आरोहण गर्ने गरिएको छ । उनले एकै सिजनमा दुइ पटक आरोहण गरेर साहसी आरोहण गर्न लागेको ग्रिन हिमालय ट्रेकिङ कम्पनिका म्यानेजर दावा शेर्पाले जानकारी दिए ।
आरोहणका लागि उनले सामान्य रुट प्रयोग गर्नेछिन् । दुइ पटक आरोहणका लागि जानसेन्पाले पर्यटन बिभागमा प्रति पटकको ११ हजार डलर गरि दुइ पटकका लागि २२ हजार डलर बुझाइसकेकि छिन् । दुइ पटकका लागि आरोहण अनुमित मागेकाले लाग्ने शुल्क लिएर अनुमति दिइएको पर्यटन बिभागको पर्बतारोही शाखाका इन्चार्ज लक्ष्मण शर्माले जानकारी दिए ।
यसैबिच, सगरमाथा सहित तीन हिमाल आरोहणका लागि २० समूह आरोही सगरमाथाको आधार शिविरमा पुगेका छन् । सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल गरि तीनवटै हिमालको एउटै आधार शिविर रहेको सगरमाथा आधार शिविरमा २० पुगेका हुन् । ती मध्य १६ समूहले सगरमाथा, दुई समूहले ल्होत्से र दुई समूहले नुप्त्से हिमालको आरोहण गर्ने सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का कार्यक्रम अधिकृत कपीन्द्र राईले जानकारी दिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु