भारतमा चार बलात्कारीलाई फाँसी

सोलुखुम्बु, चैत्र ७


भारतको चर्चित निर्भया बलात्कार काण्डका ४ जना दोषिलाई फाँसी दिईएको छ । भारतीय समयअनुसार आज बिहान साढे ५ बजे मिनेटमा दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिईएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

निर्भयाका बलात्कार घटनाका दोषीहरु विनय शर्मा, अक्षय कुमार सिंह, मुकेश सिंह र पवन गुप्तालाई एकसाथ फाँसी दिईएको हो । सन् २०१२ मा सामूहिक बलात्कारपछि हत्या गरिएकी निर्भयाको परिवारले ७ वर्ष ३ महिना ८ दिनपछि न्याय पाएका छन् ।

सन् २०१२ डिसेम्बर १६ को राती केन्द्रीय राजधानी नयाँ दिल्लीमा गुडीरहेको बसभित्र निर्भयाको सामूहीक बलात्कार भएको थियो । निर्भयाकी आमाले लामो समयसम्म न्यायका लागि लडाँइ लडिएको भन्दै आज दोषीलाई फाँसी दिईएपछि अब मार्च २० लाई निर्भया दिवसको रुपमा मनाउने बताएको भारतीय संचारमाध्यामले उल्लेख गरेका छन् । स्रोतः थाहा खबर

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!