भारतमा कोरोना संक्रमण वृद्धिदर बढ्यो, नियन्त्रण गर्न ‘जनता कफ्यू’ लागू

सोलुखुम्बु, चैत्र ९

भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण वृद्धि हालसम्मकै उच्च भएको छ । शनिबार मध्यरातीसम्ममा ७९ नयाँ संक्रमित देखिएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ ।

यससँगै भारतमा ३१५ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ४ जनाको ज्यान गएको छ भने २२ जना निको भएका छन् ।

चीनको वुहानबाट फैलिएको भाइरस संक्रमण विश्वभर ३ लाख बढीमा पुष्टि भइसकेको छ । जसमध्ये १३ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

कोरोनासँग लड्न ‘जनता कफ्यू’


कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भारतले आइतबार ‘जनता कफ्यू’ लागू गरेको छ । बिहान ७ बजेदेखि सुरु भएको कफ्यू १४ घण्टासम्म जारी रहने भारतीय सञ्चार माध्यम इन्डियन एक्स्प्रेसले जनाएको छ ।

कफ्र्यूका कारण भारतका ठुला सहरका सडक सुनसान देखिएका छन्। मुम्बई, केरला, कोलकत्ता लगायतका सहर सुनसान भएका हुन् । स्रोतः अन्पूर्ण पोष्ट

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!