भारतबाट फर्के लगत्रै प्रचण्ड अमेरिका जाने

pppकाठमाडौं १४ भदौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट फर्के लगत्तै अमेरिका जाने भएका छन् । आगामी असोज ३ गते संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्क जाने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीले महासभालाई सम्बोधन गर्ने कार्यक्रमसमेत छ । भदौ अन्तिममा हुने भारत भ्रमण लगत्तै प्रधानमन्त्री एक हप्ताका लागि न्युयोर्क जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीसँगै परराष्ट्र मन्त्री डा महत, परराष्ट्रका कर्मचारी तथा केही पत्रकार समेत अमेरिकामा जाने कार्यक्रम रहेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु