भदौरेमा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

सोलुखुम्बु, असार २

सोलुदुधकुण्ड नगरपालिका–११ तिङला भदौरेमा ८६ मेगावाटको सोलुखोला दुधकोशी निर्माणाधीन हाइड्रोपाावरको परिसरमा राखिएको प्रेसर कुकर बम नभएको नेपाली सेनालाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार राति स्काभेटरमा आगजनी गरेर नजिकै राखिएको प्रेसर कुकर सोमबार बिहान ९ बजेर १२ मिनेटमा नेपाली सेनाले निष्कृय पार्ने क्रममा बम नभएको पुष्टि गरेको छ । स्काभेटरमा आगजानी गर्ने समूहले त्रास फैलाउनका लागि मात्र प्रेसर कुकुर राखिएको प्रहरी नायव उपरिक्षक शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

स्कोभेटर आगजनी भएको नजिकै बाँधिएको अवस्थामा प्रेसर कुकुर भेटिएपछि बमको आशंका गरेर डिस्पोजका लागि उदयपुरबाट नेपाली सेनाको टोली सोलुखुम्बु आएको थियो । घटना कसले, किन गरायो भन्ने बारेमा पत्ता लाग्न सकेको छैन ।

घटनाको जिम्मेवारी समेत कसैले नलिएको अवस्थामा अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । आगजनीबाट हाईड्रोपावरको स्काभेटरको ईन्जिनमा क्षति पुगेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु