नेचामा वृक्षारोपण

सोलुखुम्बु, असार १४


जनताको बहुदलीय जनवाद (जवज)सिद्धान्तका प्रतिपादक स्वर्गीय मदन भण्डारीको ६९औ जन्मजयन्तीको अवसरमा सोलुखुम्बुको नेचामा वृक्षारोपण गरिएको छ ।

आइतबार नेचासल्यान गाउँपालिकाले संचालन गरेको वडा नं ५ स्थित नमूना कृषि सिकाइ केन्द्रको परिसरमा वृक्षारोपण गरिएको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए । स्वर्गीय भण्डारीको जन्मदिनको अवसरमा सिकाइ केन्द्र परिसरमा दुई सय भन्दा बढि फलफूल, डाले धाँस, भुँइ धाँसका विरुवा रोपिएको हो ।

मदन भण्डारी फाउण्डेशनको आयोजनामा गरिएको वृक्षारोपण कार्यक्रममा जनप्रतिनिधि तथा फाउण्डेशनका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

भण्डारीको जन्म २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो भने २०५० जेठ ३ गते दासढुंगा दुर्घटनामा निधन भएको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!