ब्लड क्यान्सर पिडितलाई आर्थिक सहयोग (भिडियो)

सोलुखुम्बु, भदौ ३०


सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका १ जुभिङकी ब्लड क्यान्सर पिडित १६ बर्षिया धनलक्ष्मी दर्नालको उपचारका लागि स्वदेश तथा विदेशबाट संकलन गरिएको रकम हस्तान्तरण गरिएको छ । सल्लेरीकी १० बर्षिया बालिका रायल राईले आफ्नो खुत्रुके फुटाएर सहयोग अभियान शुरु गरेपछि संकलन भएको ३ लाख १६ हजार रकम आज एक कार्यक्रमका बीच पिडितका परिवारलाई हस्तान्तरण गरिएको हो ।

बालिका राईको अगुवाईमा फाप्लु र सल्लेरीमा संकलन गरिएको एक लाख २९ हजार ५ रुपैँया र विभिन्न मूलुकमा रहेका नेपालीहरुबाट प्राप्त एक लाख ८६ हजार ९९५ रुपैँया ब्लड क्यान्सर पिडित दर्नालकी आमा मंगलमाया दर्नाललाई हस्तान्तरण गरिएको हो । सोही कार्यक्रममा ५ बर्षिय बालिका तेजिसा बाघदाशले आफ्नो जन्मदिनको अवसरमा ५ हजार ५ रुपैँया सहयोग प्रदान गरेकी छिन् । परिवार र आफन्त बोलाएर जन्मदिनमा हुने खर्च ब्लड क्यान्सर पिडितलाई सहयोग गरेको बालिका बाघदाशकी बाबा तेजराम परियारले बताए ।

जिल्ला अस्पताल फाप्लुमा उपचारत ब्लड क्यान्सर पिडित दर्नालको उपचारका लागि लिखुपिकेका प्रदिप परियारले एक हजार ५ रुपैँया र वाकुका जीवन कुमार मगरले दुई हजार सहयोग गरेका छन् । सहयोग रकम ग्रहण गर्दै ब्लड क्यान्सर पिडित दर्नाली आमा मंगलमाया दर्नालले छोरीको उपचारका लागि सहयोग गर्ने नेपालीहरुलाई धन्यवाद दिदै आवश्यक रकमका लागि सहयोगको याचना गरिन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!