ब्याटमिन्टनमा सोलुका पेम्बा प्रथम

हिमाल एफ.एम.
सोलुखुम्बु, फागुन ११

क्षेत्रिय ब्याटमिन्टन प्रतियोगीतामा सोलुखुम्बुका पेम्बा शेर्पा प्रथम भएका छन् ।

ईटहरीमा सम्पन्न सिङगल ब्याटमिन्ट प्रतियोगीताको पुरुष तर्फको खेलमा सोलुदुधकुण्ड नगरपालिका खारियाका पेम्बा शेर्पा प्रथम भएका हुन् । उनले मेडल प्रमाण पत्र हात पारेका छन् भने राष्ट्रिय खेल खेल्न पाउनेछन् ।

प्रतियोगीतामा १४ जिल्लाका ५२ पुरुष र ३८ महिलाको सहभागीता रहेको थियो । महिला ब्याटमिन्टन प्रतियोगीतामा भने मोरङकी सिमा राजबंशी प्रथम भएकी छिन् ।

यो जितलाई सोलुखुम्बु जिल्ला ब्याटमिन्टन संघले महत्वपुर्ण रुपमा लिएको छ । जिल्लामा स्थापना भएको दुई बर्ष नपुग्दै मिलेको सफलताले जिल्लाबासीमा उत्साह थपेको अध्यक्ष राज कुमार गुरुङले बताए ।

हिमाल एफ. एम. संग कुरा गर्दै अध्यक्ष गुरुङले पुर्वाधार निर्माण र खेलागीको विकासमा ध्यान दिने बताए । उनले स्थानीय तहसंग समन्वय गरेर ब्याटमिन्टन खेल र खेलाडीको विकासमा लाग्ने बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु