‘बोल माया’को रेकर्ड

सोलुखुम्बु । लोक डिजिटल ईतिहासमा बजारमा भाईरल बनेको गीत हो, बोल माया । परदेशी कथामा तयार पारेको गीतले धेरैलाई रुवाएको मात्र छैन्, परदेशीको मन अमिलो बनाएको छ भने घरदेशीमा वैदेशीक रोजगारी प्रति वितृष्णा जगाएको छ ।

यूवापुस्ताका लोक गायक हुन्, प्रकाश सपुत । उनी सृजनामा पनि माहिर मानिन्छन् । नृत्य र अभिनय संगै निर्देशनमा समेत हामफालेका सपुतको सृजनामा एउटा लोक गीत बोल माया अहिले भाईरल बनेको छ ।

धन कमाउने लालसमा आकाशमा उडेर गएकाहरु काठैको बाकसमा फर्कनुपर्ने यर्थाथ पुर्ण कथालाई लोक गीतमा उतारेको पनि धेरैको मन लोभ्याएको छ । केहि दिनको अन्तरालमै करिब २० लाख दर्शकको माया पाएको गीतले लोक क्षेत्रको डिजिटल बजारमा ईतिहास राख्ने काम गरेको छ । अहिले सर्जक सपुतमय बनेको छ, यूटुव पनि ।

सपुत संगै नारायण रायमाझी र शान्ती श्री परियारको स्वर रहेको गीतको भिडियोमा अन्जली अधिकारीले श्रीमतिको र सपुतले मृत श्रीमान्को भूमिका जिवन्त निभाएका छन् । भिडियोको निर्देशन सर्जक सपुतले नै गरेका हुन् । मेहनतको फल मिठो हुन्छ भन्ने ज्वलन्त उदाहरण प्रयोगबादी गायक सपुतले प्रस्तुत गरेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु