बेलायती राजकुमार ह्यारी आज नेपाल आउँदै

raj kumarकाठमाडौं, चैत ६ – बेलायती राजकुमारी ह्यारी शनिबार नेपाल भ्रमणमा आउँदैछन्। बेलायतका कान्छा राजकुमार ह्यारी दिउँसो ३ः१० मा त्रिभुवन विमानस्थलमा उत्रिनेछन्।

कतार एयरवेजको विमानबाट विमानस्थल उत्रिने ह्यारीले शनिबारै भेटघाटको कार्यक्रम राखेका छन्। विमानस्थलबाट उनी नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको उपलक्ष्यमा याक एण्ड यती होटलमा आयोजित समारोहमा ह्यारी सहभागी हुन जानेछन्।

परराष्ट्र मन्त्रालयका अनुसार ह्यारीले शनिबारै प्रधानमन्त्री केपी ओलीलाई भेट्ने कार्यक्रम छ।

आइतबार राष्ट्रपति विद्या भण्डारीलाई ह्यारीले भेट्ने कार्यक्रम तय भएको छ। ह्यारीले भूकम्पबाट क्षति भएको पाटन दरबार स्क्वायरका मन्दिर तथा भवनहरूको पुनःनिर्माणबारे जानकारी लिने जनाइएको छ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!