बृद्धभक्ता पाँच हजार पु¥याउछौ – रक्षामन्त्री पोखरेल

हिमाल एफ.एम.
सोलुखुम्बु, चैत्र २

सरकारका उपप्रधान तथा रक्षामनत्री ईश्वर पोखरेलले सरकार सम्बृद्धिकै यात्रामा अघि बढेको बताए । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको श्रीमत भागवत् महायज्ञ उद्घाटन कार्यक्रममा रक्षामन्त्री पोखरेलले सरकार आवश्यक कानुन निर्माणमा व्यस्त भएकाले अलमलिएको जस्तो देखिएको बताए ।

‘सरकार अलमलिएको जस्तो देखिएपनि सम्बृद्धिकै यात्रामा अघि बढिरहेको छ ।’ उनले भने आवश्यक कानुन निर्माण पछि सरकारको गति अझ बढ्छ । उनले ‘सम्बृद्ध नेपाल, सुखि नेपाली’को यात्रामा रहेकाले सम्बृद्धिको गन्तव्यमा पुग्ने बताए ।

रक्षामन्त्री पोखरेलले जेष्ठ नागरिक भक्ता मासिक पाँच हजार पु¥याउने चुनाबी प्रतिबद्धता छिट्टै पुरा गर्ने दाबी गरे । ‘कतिपयले बृद्धभक्तालाई विषय बनाएर सरकारको गलत प्रचार गरिरहेको छ ।’ उनले भने, नेकपाको सरकारले केहि समयमै बृद्ध भक्ता बृद्धि गरेर देखाउने छ ।’ जेष्ठ नागरिकलाई ढुक्क हुन समेत आग्रह गरे ।

उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले दिगो विकासका लागि जनप्रतिनिधि गोठालो बन्न तयार हुनुपर्ने बताए । जनप्रतिनिधिको निगरानी विना दिगो विकास संभव नभएको भन्दै मन्त्री पोखरेलले विकासमा गोठालो बनेर नागरिकलाई परिर्वतनको आभाष दिलाउन तर्फ लाग्न जनप्रतिनिधिलाई आग्रह गरे ।

Comments

comments

सम्बन्धित शीर्षकहरु