बुध ग्रह आज सूर्यको निकै नजिक

222 काठमाडौंं, जेठ ५ – र्सौय मण्डलमा रहेको बुध ग्रह आज सूर्यको निकै नजिक आउँदैछ । बुध ग्रह आज सूर्यको निकै नजिक भएर गुज्रने (परागमन) खगोल वैज्ञानिकले बताएका छन् ।

यो निकै दुर्लभ परागमन रहेको वैज्ञानिकको भनाई छ । आज बुध ग्रह सूर्यको सिधा भएर नजिकबाट गुज्रने छ । यस्तो घटना एक शताब्दीमा १३ पटक मात्रै हुन्छ ।

नेपालसहित एसिया, युरोप तथा उत्तरी अमेरिकाका धेरै क्षेत्रबाट यो परागमन देख्न सकिने छ । टेलिस्कोप तथा बाइनाकुलरको सहायताले परागमन अवलोकन गर्न सकिने तर त्यसका लागि मौसमले साथ दिनुपर्ने छ । यो परागमन नेपाली समय अनुसार बेलुका चार बजेर ५७ मिनेट जाँदा सुरु हुनेछ । बुध ग्रहलाई यो परागमन पूरा गर्न साढे सात घण्टा लाग्नेछ । नेपालमा यो परागमन बेलुका ४ बजेर ५७ मिनेटदेखि सूर्य नअस्ताउँदासम्म देख्न सकिने खगोलविद् एंव नेपाल खगोलिय समाजका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।

बुध ग्रह सौर्यमण्डलको बुध हाम्रो सोलार सिस्टमको सबैभन्दा सानो र सूर्यको सबैभन्दा नजिक रहेको ग्रह हो । बुधले सूर्यको चक्कर ८८ दिनमा लगाइसक्छ । पृथ्वीले सूर्यको चक्कर लगाउन ३ सय ६५ दिन लगाउँछ । यस भन्दाअघि बुध ग्रह सन् २००६ मा सूर्य अगाडिबाट गएको थियो ।

अहिले देखिएपछि सन् २०१९ मा यस्तो दृश्य फेरि देख्न पाइनेछ । बुध ग्रह सूर्य र पृथ्वीको बिचबाट हरेक एक सय १६ दिनमा जाने गर्छ । बुधले पृथ्वीमाथि वा तलबाट सूर्यको चक्कर लगाउँछ । सूर्य सामुन्नेबाट जाने क्रममा वैज्ञानिकले बुधले तारा (ग्रह कक्षमा) कस्तो गतिविधि देखाउनेछ भन्ने अध्ययन गर्नेछन् । बुधले सूर्यको सामुन्नेबाट चक्कर लगाएको घटना सन् १६३१ मा पत्ता लागेको थियो । बुध परागमन अवलोकन गर्दा ध्यान दिनुपर्ने वैज्ञानिकले बताएका छन् । यो बेला नाङगो आँखाले सूर्यलाई हेर्न नहुने खगोलविदको सुझाव छ । यो बेला सूयलाई हेर्नु अघि आफूले अवलोकन गर्ने माध्यममा सोलार फिल्टर भए नभएको हेर्नु पर्छ । सोलार फिल्टर नभएको माध्यमबाट हेर्नु हुँदैन ।

यस्तै मोबाइल फोनको क्यामराबाट पनि हेर्न नहुने वैज्ञानिकले बताएका छन् । यसरी हेरेमा आँखामा गम्भीर समस्या आउन सक्नेछ । यस्तो परागमन यसपछि सन् २०१९ को नोभेम्बर ११ मा हुनेछ । त्यसपछि सन् २०३२ मा हुने वैज्ञानिकले बताएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु