बुङ स्वास्थ्य चौकीवाट ल्याव सेवा शुरु

हिमाल एफ.एम.
सोलुखुम्बु, मंसिर १८

सोलुखुम्बुको दुर्गम मानिएको माहाकुलुङ क्षेत्र बुङमा ल्याव सेवा शुरु गरिएको छ । माहाकुलुङ गाउँपालिकाको चालु आर्थिक बर्षको कार्यक्रम अनुसार आईतबार बुङ स्वास्थ्य चौकीवाट ल्याव सेवा शुरु गरिएको हो ।

सेवाको उद्घाटन प्रदेश संसाद उत्तम कुमार बस्नेतले गर्नुभएको हो । उद्घाटनपछि बोल्दै सांसद बस्नेतले माहाकुलुङमै स्वास्थ्य परिक्षणका लागि ल्याव संचालनमा आउनुले सर्वसाधारणमा सहजता थपिएको बताए । ‘रगत, खकार र दिशापिसाव परिक्षणका लागि महंगो भाडा तिरेर सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ ।’ उनले भने, ‘स्थानीय सरकारकै कारण ल्याव सेवाकै शुरु भएको हो ।’ नागरिकै घरआँगनमा विविध सेवा पु¥याउने द्येयले संघीयताको परिकल्पना गरिएकाले ल्याव सेवा प्रभावकारी रुपमा संचालनमा आउनुपर्नेमा जोड दिए ।

फोटो-सुमित्रा राई

कार्यक्रममा गाउँपालिका अध्यक्ष सागर किँरातीले सर्वसाधारणको सहजताको ल्याव सेवा शुरु गरिएको जानकारी दिए । उनले भने, ‘माहाकुलुङ बासीले स्वास्थ्य सेवा माथी आफ्नो सहज पहूँच महसुस गर्ने गरि काम गरिरहेका छौ । छिट्टै १५ शैयामो अस्पताल खोल्ने प्रक्रियामा छौ ।’ चालु बर्षमै सुविधासम्पन्न अस्पताल संचालनमा ल्याएरै छाड्ने दाबी उनले गरे ।

ल्याव उद्घाटनकै दिन जनप्रतिनिधि, गर्भवति महिला र सर्वसाधारण गरि २० जनाले ल्याव सेवा लिएका छन् । ल्याव संचालनमा आएपछि रगत, खकार, दिशापिसाव परिक्षण गर्न प्राथमिक स्वास्थ्य केन्द्र सोताङ र जिल्ला अस्पताल फाप्लु धाउनुपर्ने समस्या हटेको स्वास्थ्य शाखा संयोजक हरि प्रसाद आचार्यले बताए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!