बीउ खेर जाँदै

बिक्रम श्रेष्ठ । चैत्र १० – जिल्ला बागबानी सेवा केन्द्र फाप्लुले अन्न बाली तथा फलफुलको बिरुवा उत्पादन गरी बिक्रीका लागी बीउ उत्पादन गरे पनि बिक्री नभएर खेर जाने गरेको जनाएको छ । बार्षिक रुपमा रायो साग, मुला, आलु, लगायतका बिउ उत्पादन गरे पनि बिक्री नहुने गरेको केन्द्को भनाई छ । बिशेष गरी मुला र रायोको बीउ बिक्री नहुने गरेको हो । हिमाल एफ एम संग कुरा कानी गर्नुहुदै केन्द्रका निमित्त प्रमुख पवनकुमार मण्डलले बिक्री नभएका बीउ कुहिएर जाने गर्दछ भने सरकारको राजस्वको रुपमा हुने रकम पनि खेर जाने हुदा बागबानीलाई नै घाटा भएको बताउनुभयो । यस बर्ष मात्रै बागबानीले उत्पादन गरेको रायो सागको बीउ २५ किलोको हाराहारीमा उत्पादन गरे पनि करिब १५ किलो बीउ अझै बिक्री अझै बिक्री गर्न बाँकी रहेको छ । त्यस्तै कोईरे मुलाको १५ किलो बीउ बिक्री भए पनि झण्डै १० किलो बीउ अझे बाँकी रहेको छ भने लाम्चो मुलाको १० किलो ग्राम बिक्री भए पनि अझै ४५ केजी बिक्री गर्न बाँकी रहेको छ । मण्डलका अनुसार बिक्री गर्न बाँकी रहेका बीउहरु यस बर्ष थप त्रिली नहुने भएकोले खेर जाने निश्चीत छ । बागबानीमा उत्पादन भएको सो तरकारीको बीउको मुल्य निक्कै सस्तो भए पनि बिक्री हुन नसकेको बागबानी केन्द्रको दुखेसो छ । बागबानीले मुलाको बीउ प्रतिकेजी ५ सय र रायोको बीउ प्रतिकेजी १५ सयको दरले बिक्री गर्दै आएको छ । बागबानीले आलु, मुला, रायो साग, केराउ, सिमी र कोईरे मुलाको बीउ उत् पादन गर्दै आएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!