बाहाने पोखरीको प्रचारका लागि महोत्सव : ऐसेलुखर्क गाउँपालिका अध्यक्ष निरौला

सोलुखुम्बु, फागुन ५
खोटाङको ऐसेलुखर्क गाउँपालिकाले पर्यटन प्रर्वद्धनका लागि फागुन १३ देखी १७ गते सम्म बाहाने महोत्सवको आयोजना गरेको छ । भिजिट नेपाल २०२० मा नेपालमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई सहयोग पु¥याउन र ओझेलमा रहेको बाहाने पोखरीको प्रचारका लागी गाउँपालिकाले महोत्सवको आयोजना गरेको हो । सो महोत्सवमा कम्तीमा १० हजार आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

बाहाने महोत्सवको विषयमा हिमालकर्मी दिपेन्द्र पराजुलीले ऐसेलुखर्क गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलासँग कुराकानी गर्नुभएको छ ।

बाहाने महोत्सव के का लागि ?

सरकारले लिएको भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न, ऐसेलुखर्क गाउँपालिकाको ऐतिहासिक बहानेपोखरी जहाँ धामि झाँक्रिले नाँच देखाउने ऐतिहासिक ठाँउ, अग्लो डाडाँमा पोखरी भएकाले विभिन्न हिमश्रृङखला अवलोकन गर्ने स्थल, हाम्रा स्थानिय कृषि उपजलाई प्रर्दशनी गर्ने, महोत्सवको माध्यमबाट बाहानेपोखरीको प्रचार–प्रसार गरि साल्पा पोखरी जाने पर्यटकलाई सो क्षेत्रमा आकर्षित गर्नका लागि महोत्सव आयोजना गरिएको हो ।


महोत्सवले गाउँपालिकाको आर्थिक समृद्धिमा कस्तो खालको टेवा पुग्छ?
एक त, हाम्रा कृषिउपजको प्रचार भएर कृषकहरुलाई स्वाबलम्बी बनाउन र यसले व्यवासयिक बनाउन टेवापुग्ने छ । अर्को तिर, स्वदेशी तथा विदेशी पर्यटक आउँदा खेरी कृषकले उत्पादन गरेको सामाग्रीहरुले लाने, त्यहाँका रमाईलाडाडाँहरु तथा पोखरी अवलोकन गर्ने, त्यहाँका सांस्कृतिक पहिचानलाई प्रचार–प्रसार गर्दा हाम्रो आर्थिक समृद्धि हुन्छ भन्ने हाम्रो बुझाई छ ।


महोत्सवमा कति हजार आन्तरिक पर्यटक पुग्लान् ?
प्रथम बाहानेपोखरी महोत्सवमा १० देखि १५ हजार पर्यटक भित्र्याउन सकिन्छ, भन्ने हाम्रो आँकलन छ ।


कसरी सम्भव छ ?
सम्भव छ, अहिलेसम्म जानकारी भए अनुसार स्वदेश तथा विदेशमा बस्ने यहाँको स्थानियले पनि महत्व नदिएको अवस्था मा पनि केही विदेशीसँग सम्पर्क गर्न सफल भएका छौ, पर्यटन व्यवसायीहरुसँग पनि हाम्रो सम्पर्क राम्रो छ । अन्तराष्ट्रिय मिडियाले समेत बाहानेपोखरी र महोत्सवको विषयलाई प्रचार–प्रसार गरेकाले विदेशी पर्यटक पनि आउँछन् भन्नेमा आशावादी छौ ।
भनेपछि अहिले व्यापक प्रचार–प्रसारमाअहिले व्यस्त हुनुहन्छ?
हजुर, व्यापक प्रचार–प्रसार र यसको व्यवस्थापनमा अहिले हाम्रो टिम जुटिरहेको छ ।


अब, ठ्याक्कै तपाईले सोचे जति पर्यटक भित्रिने आधार चै के–के छन् ?
पर्यटक भित्र्याउनका लागि हामीले यातायातको पहुँच पु¥याउने हो, अर्को कुरा उनीहरुलाई बस्ने स्थानको व्यवस्थापन गर्नु हो, त्यो बाह्य रुपमा भयो । त्यसपछि आन्तरिक रुपमा प्राकृतिक रुपमा रमणिय स्थल, तराईका आनन्द र रमाईलो अनुभुति हुने फाँटहरु देखिने, चौँरी र याक जस्ता हाम्रा घरपालुवा जनावरहरु पनि हेर्न आउने, भेडिचोकहरु हेर्न आउने भएकाले हैन, धेरै कुराहरुले पर्यटकलाई आर्कषण गर्छ र पर्यटक आउँछन भन्ने हाम्रो आशा र विश्वास छ ।


हामीले धेरै ठाउँमा देखेका छौ, कतिपय पर्यटकयि स्थलमा पर्यटकलार्ई बासस्थानको समस्या छ, तपाईहरुले महोत्सवको तयारी गर्दे गर्दा पर्यटकलाई बासस्थानको व्यवस्थापन कस्तो गर्नुभएको छ ?
बासस्थानको लागि टेन्ट लगाउने विषयमा पर्यटन व्यवसायी सँग छलफल गरेका छौ , टेन्टको व्यवस्था गछौँ । त्यस पछाडि होटल व्यवसायिले होटेल बनाउदै छन् । होटेलमा पनि पर्यटकलाई राख्ने, हामीले अन्य बाह्य अतिथिलाई सुविधा युक्त पालहरु पनि व्यवस्थित गर्ने भनेर हाम्रो सल्लाह भैसकेको छ ।


कुराकानीको अन्त्यमा के भन्नचाहुन्छ?

ऐसेलुखर्क गाउँपालिकाको धार्मिक तथा पर्यटकिय स्थल बाहानेपोखरी हो, प्रकृति र संस्कृतिको मजा लिन सबैजना आउनुहोस र सरकारले लिएको २० लाख पर्यटक भित्र्याउन सहयोग गरौ, ऐसेलुखर्क गाउँपालिकाको कुषि र संस्कृति हेरौँ र प्रोत्साहान दिनुहोस र कृषि प्रर्वद्धन र व्यवसायीक प्रवद्र्धनमा टेवा पु¥याउ, फागुन १३ देखि १७ गते सम्म चल्ने महोत्सवमा सहभागी बन्नुहोस् । निम्तो दिन चाहन्छु ।

महोत्सवका विषयमा गाउँपालिका अध्यक्ष सँगको कुराकानि अडियोमा
-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!