बालिका दिवस, महिला अधिकारकर्मी र भ्रुण हत्या


शशिशेखर घिमिरे, २६ असोज, सोलुखुम्वु ।
वर्ष भरि जस्तै महिला र बालबालिकाको सशक्तिकरणको लागी भन्दै दिवस र कार्यक्रमहरु थुप्रै गरिन्छ । तर पनि उनिहरुको अवस्थामा खासै परिवर्तन आउन नसकेको महिला र बालिकाहरु माथि भए गरेका हिंसाका घटनाले पुष्टि गरिरहेको छ ।

अक्टोबर ११, अन्तराष्ट्रिय बालिका दिवस बिभिन्न कार्यक्रम गरेर मनाईयो । दिवसको अवसरमा तारे होटलमा गोष्ठि र सेमिनार पनि भए । अधिकारकर्मीहरुले बालिकको बिविध पक्षमा गहकिलो भाषण ठोके । तर तारे होटलमा गरिएका र औपचारिकताका लागी मात्र भएका कार्यक्रमले तमाम बालिकाहरुलाई कति छोयो, छोयन त्यो बहसको पाटो हुनसक्छ । आज पनि थुप्रै बालीकाहरु कुनै न कुनै किसीमको दुव्र्यवहार र हिंसाको शिकार हुन बाध्य भएका छन् । आज विशेष गरि भ्रुणहत्याले कानूनी मान्यता पाएपछि सामाजिक सन्तुलन कायम राख्न नै हम्मे­हम्मे हुने मानवशास्त्रीहरुको तर्क रहँदै आएको छ । यो अत्यन्त क्रुर यर्थाथ हो ।

यो हिसावले हेर्दा बालिकाहरुको जन्मसिद्ध अधिकार गर्भमै हनन भईरहेको तर्फ अधिकारकर्मीहरु चनाखो हुन सकेनन् भने हाम्रा थुप्रै बालिकाहरु गर्भमै मारिरहने पक्का छ । एकातिर भ्रुण हत्याले कानूनी मान्यता पाएसंगै छोराको संख्या ज्यादा र छोरीको संख्या कम हुदै जादा भोलिको अवस्था अझ भयावह हुने देखिन्छ । महिला अधिकारकर्मी टंकी माया बस्नेतले भु्रण हत्याले एकातिर महिलाको स्वास्थ्य अवस्था बिग्रदै गएको र अर्कोतिर छोराहरुको संख्यामात्र बढ्दै जाँदा त्यसले कालान्तरमा निम्ताउन सक्ने भयावह अवस्थामा सचेत हुन पर्ने धारणा राख्नुभयो । उहाँले पछिल्लो समय सशक्तिकरणका सवालमा चालिएका कदमहरुले केहि परिवर्तन हुदै गएपनि आशातित परिणाम आउन नसकेको वताउनुभयो ।

त्यसो त १२ वर्षे द्वन्दका कारण हाम्रा थुप्रै बालबालिकालाई आफनो सुन्दर थातथलोवाट शहरको रंगिन दुनियाँमा पु¥यायो । कन्टेनरमा फालिएका खानेकूरा टिपेर खान बाध्य वनायो । डान्सवारमा लगेर नंग्यायो । अझै पनि कति बालबालिकाहरु युद्धका खाटा बसेको घाँउ वोकेर वाँच्न विवश छन् । यी र यस्ता यावत् पिडाका कारण हाम्रा कलिला वालिकाको भविष्य सुन्दर हुन सकेको छैन् । दिवसले किशोरीहरुलाई कतिको छोएको छ त ? किशोरी सपना वस्नेत, अझै पनि छोरा र छोरीलाई हेर्ने दुष्टिकोणमा खासै परिवर्तन आउन नसकेको बताउछिन् । विद्यालय तहमा नै हुने विभेदजन्य गतिविधीका कारण बालिकाहरुको अवस्था अझै पनि सुधारोन्मुख नभएको उनले वताईन् ।

सरकारी तवरवाट आउने रकमको सहि सुदपयोग हुन सकेको खण्डमा बालिकाहरुको अवस्थामा परिवर्तन आउन सक्ने उनको बुझाई छ । त्यसो त भोलीका कर्णधार र आशाका ज्योतिलाई निभ्न दिन भन्दा पनि वल्न दिनु पर्छ । बालिकाहरुलाई गास, बाँस, शिक्षा, स्वास्थ्यको अलवा उनिहरुको भोलिको जीवन सुनिश्चीत गर्न तर्फ वातवरण वनाउने कार्य तपाई हामीवाट नै हुनपर्छ । अझै पनि कतिपय वालिकाहरु वलात्कारको शिकार भएका छन् भने हिंसामा पिल्सीएका छन् । आजको वालिका नै भोलीका महिला वन्ने हुँदा उनिहरुलाई आज देखि नै उच्च प्राथमिकतामा राखेर अगाडी बढाउनु आजको आवश्यकता हो । अन्तराष्ट्रिय बालिका दिवसले छुन सकोस् । यहि कामना ।

Comments

comments

सम्बन्धित शीर्षकहरु