बालविवाह रोक्न प्रहरी र जनप्रतिनिधिको पहल

हिमाल एफ एम
सोलुखुम्बु, १५ बैशाख

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ४ जुबुमा हुन लागेको बालविवाह रोक्ने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दाबी गरेको छ ।

जुबुकी एक दलित परिवारकी १८ बर्षिया किशोरीको विवाह भोली हुन लागेको खबर हिमाल एफ एमले सार्वजनिक गरेपछि प्रहरी नायव उपरिक्षक रेशम पराजुलीले बालविवाह कुनै पनि हालतमा हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । हिमाल एफ एमसंग कुरा गर्दै प्रहरी नायव उपरिक्षक पराजुलीले बालविवाह रोक्नका लागि आवश्यक संख्यामा प्रहरी परिचालन गरिसकिएको बताउनुभयो ।

उता, अविभावक संग समन्वय गर्दा किशोरीको बुबाले कानुनको खिलापमा नजाने बताएको वडा अध्यक्ष नातिकाजी गुरुङले जानकारी दिनुभयो । शुक्रबार नै गाउँपालिका अध्यक्ष असिम राईले अविभावकलाई आग्रह र जनप्रतिनिधिलाई विवाह रोक्न निर्देशन दिनुभएको थियो ।

आफ्नै गाउँमा बालविवाह हुन लागेको थाहा पाएपछि वडा सदस्य देउमाया पुरीले विवाह रोक्नका लागि स्थानीय कोशिस गर्नुभएको थियो ।

कानुनले २० बर्ष भन्दा मुनिको विवाहलाई बाहविवाह मानेको छ भने त्यस्तो विवाहलाई अस्विकार गरेको छ । नेपालको प्रचलित कानुन अनुसार बालविवाह गर्ने र गराउनेलाई ३ महिना देखि एक बर्ष सम्मको जेलसजाय हुने व्यवस्था गरिएको जिल्ला न्यायधिवक्ता केशव गौतमले बताउनुभयो । ग्रामिण भेगमा चेतना अभावमा बालविवाहका घटना मौलाउदै आएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु