बालबिकासमा जेष्ठ नागरिकको भुमिका

लेखिका – सुभद्रा प्याकुरेल
download (1)इटहरी–४ की शर्मिला राई बिहानको नित्यकर्मसँगै आफ्नो २ बर्षे छोरा गुगललाई बिहानको खाना खुवाएपछि उनी बेलुकी ५ बजेसम्मलाई फुर्सद अनि ढुक्क हुन्छिन् । उनको दिनचर्या यसरी बितेको छ छोरा जन्मेपछि । हुन त हरेक आमाहरुलाई आफ्नो सन्तान सानो छँदा आफ्नो काम ब्यस्ततासँग जुध्न उत्तिकै धौ–धौ पर्छ तर शर्मिलालाई भने केही चिन्ता छैन ।

उनको छोरा आमासँग भन्दा पनि ८२ बर्षीया हजुरआमा सीतादेवीसँग दिनभरी नै रमाउने गरेको उनी बताउँछिन् । सीतादेवी पनि आफ्नो पनातिसँग दिन बितेको पत्तो नै पाउँदिनन् । घरमा अरु पनि सदस्य छन् तर बुढीहजुरआमा र पनाति जतिको मेलमिलाप अरुसँग पनि त्यति नभएको शर्मिलाको भनाई छ । ‘तातो–चिसोदेखि लिएर हरेक क्रियाकलापमा हजुरीसँगै रहनुहुन्छ । वास्तवमा जेष्ठ नागरिक त हाम्रा पथ प्रदर्शक हुँदा रहेछन्,’ शर्मिला भन्छिन् । शर्मिलाजस्ता धरै उदाहरण हाम्रा गाउँ समाजमा छन् । जो कि घरका बृद्धबृद्धाको सहारामा नानीहरुलाई छहारी दिने गर्छन् उनीहरुको जस्तो पवित्र माया संसारमा कसले दिन सक्छ र ?

मानव जीवनको सुरुवात जन्मेदेखिको समय बुवाआमाको काखमा हुर्किएर बालबालिकाको जीवन बिताउने अनि बयस्क हँुदै संघर्षमय जीवनयापन गर्दै जीवनका हरेक उकाली र ओराली पार गर्दै जब ६५ वर्षमा प्रवेश गरेको हुन्छ । त्यहि उमेरका हरेक नागरिकहरुलाई जेष्ठ नागरिक भनिन्छ । नेपालमा लोकतन्त्र आएपछि देशका सबै खाले नागरिक बालबालिका, महिला, युवा सबैका बिषयमा बहस हुने गरेका छन् तर लामो जीवन संघर्ष गरेर जीवनको अन्तकालमा पुगेका अनुभवका खानी जेष्ठ नागरिकहरुलाई भने ती अधिकारहरुबाट वञ्चित गराइएको उमेर समूहका नागरिक नै जेष्ठ नागरिक हुन् ।

वास्तवमा जेष्ठ नागरिक र बालबालिकाबीच छुट्टै घनिष्ट सम्बन्ध छ । बालबालिकाको हरेक पक्षमा तिनका परिवारमा भएका वृद्धहरुको व्यवहार झल्कन्छ । आखिर ती बृद्धबृद्धाहरु पनि कुनै समय बालबालिका नै त थिए नि । तसर्थ बालबालिकाको जीवनशैलीलाई सही र सुशिक्षित बनाउने पहिलो खुड्किलो नै घरका जेष्ठ नागरिक सदस्यहरुको भूमिका हो, यसमा कुनै सन्देह छैन । प्रायजसो सबै बालबालिकाहरुलाई घरमा हजुरबुवा हजुरआमाले हुर्काएका हुन्छन् । लामो जीवन संघर्ष गरे पनि हात पाउले सहजसँग काम गर्न नसके पनि समय बिनै निद्रा लाग्ने हातपाउ दुख्ने अर्थात आफ्नो शरीर नै अनियन्त्रित भइरहने अवस्थामा पनि आफ्नो सबै रोग तथा अवस्थालाई पन्छाएर नाति–नातिनालाई पुराना अनुभव सिकाउन, उनीहरुको रेखदेखमा कमी हुन नदिन तत्पर रहन्छन् । हुन त उनीहरुको शारीरिक अवस्थासँग दाज्ने हो भने शरीरले आराम पाउनु पर्ने अवस्थामा नाति–नातिना हुर्काउनु रहर नै त हो । उनीहरुसँग नखेली, नरमाई मन मान्दैन । आफ्नो पीडा, निद्रा, दुखाई सबै बिर्सिएर बालबालिकाको स्वप्नमा मग्न हुन्छन् ।

उनीहरुलाई हात समाएर दौडाउने, बोल्न सिकाउनेजस्ता कार्यहरुमै व्यस्त हुन्छन् । यो कार्यमा थकान हँुदा पनि ती बालबालिकाको खुसीमा नै उनीहरु रमाउने गर्छन् । यी साना–साना कोपिलाहरुको चौतर्फी विकासमा जेष्ठ नागरिकहरुको महत्वपूर्ण भूमिका हुन्छ । तर पनि तिनै जेष्ठ नागरिकहरु घर–घरमा अपहेलित भएका घटनाहरु दिनानुदिन आइरहेका छन् । हाम्रै गाउँघर, शहरमा नै जेष्ठ नागरिकहरुलाई दुव्र्यवहार गरेका घटनाले भोलिको सन्तानले आफूलाई कसो गर्लान् ? हामीले सोच्न जरुरी छ ।

समय परिर्वनशील छ बजारभाउ महँगो छ भन्दैमा छहारी दिँदादिँदैको बुढो बृक्षको छहारी दिक्कलाग्दो भयो भन्दै अपहेलना गर्ने सोचलाई बदल्न जरुरी छ । होइन भने भोलिका पिँढी अथवा अहिले जेष्ठ नागरिकलाई अपहेलना गर्ने दुव्र्यवहार गर्ने मानव भोलि आफू पनि जेष्ठ हुन्छु अनि मेरो अवस्था लौरो टेक्ने हँुदा मेरा सन्तानले यसो गरे भने के होला ? आजै बिचार गर्नु पर्ने हुन्छ । हाम्रा हरेक जिज्ञासा, प्रश्न र कौतुहलतालाई बृद्धबृद्धाहरुले समाधान गर्दै आइरहेका छन् । कुनै पनि प्रश्नको जवाफ झर्को नमानी उनीहरुले दिँदै आएका छन् । आफ्ना सन्तति घरबाट बाहिर निस्कने बेलामा कति बेला आउने ? राम्ररी जानु है, के खाने ? कति बेला खाने ? भोक लाग्यो होला ? हाम्रा बुवाआमाको चासोको बिषय हो उनीहरु यसैमा चिन्तित हुन्छन् तर अहिलेको परिवेशमा यस्ता प्रश्नले समय बर्बाद ग¥यो भन्दै दिक्क मान्ने चलन छ अन्नत झर्कोको अन्तिम उपाय बृद्धाश्रममा त्यो पनि ढाँटेर छलेर लाने गरेको पाइन्छ ।

बृद्धबृद्धाहरुको जस्तो निःस्वार्थ माया कसैको पनि हँुदैन त्यो मायालाई बोझ र झर्को सम्झिएर जेष्ठ नागरिक प्रति दुव्र्यवहार गर्ने चलनको उग्ररुपलाई न्यूनीकरण गर्न जेष्ठ नागरिक सम्बन्धी विभिन्न क्रियाकलाप तथा उनीहरुको स्वभाव त्यस अवस्थामा लाग्ने अल्जाईमर रोगबारे सम्पूर्ण नागरिकलाई चेतनशील बनाउनु नेपाल सरकारको दायित्व हो । नागरिक अधिकारभित्र बालबालिका महिला युवा पर्दछन् भने जेष्ठ नागरिक अधिकार र चेतनामूलक कार्यक्रम पनि राख्न जरुरी छ ।

आफ्ना सन्तान सुमार्गमा लागुन् भनेर रातोदिन अर्ती–उपदेश दिने सन्तानकै लागि तीर्थ–व्रत, पूजा–आजा समेत गर्ने जेष्ठ नागरिक हामीबाटै अपहेलित हुने गरेका छन् । कतिपयको आफ्नो बाध्यताले होला तर पनि आफ्ना अभिभावक जसले हामीलाई जन्माई हुर्काई सुमार्गमा लगाए अब थोरै भए पनि समय बृद्धबृद्धालाई पनि दिनु पर्छ । मानिस स्वार्थी हुन्छ उसले लिन चाहन्छ तर दिन गाह्रो मान्छ, झर्को मान्छ तसर्थ यो स्वार्थीपनलाई त्यागेर जेष्ठ नागरिकको मर्म बुझेर अगाडि बढ्नु पर्छ । जेष्ठ नागरिकहरुका कारण हाम्रा बालबालिकाको भविष्य उज्वल बनाउनका लागि उनीहरुको भूमिका महत्वपूर्ण हुने गर्छ यो मर्मलाई बुझ्न आवश्यक छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु