बामपन्थी नेता ‘शर्मा’ कांग्रेस प्रवेश

हिमाल एफ.एम.
सोलुखुम्बु, पुस २९

सोलुखुम्बुका पुराना बामपन्थी योद्धा लोचन कुमार शर्मा नेपाली कांग्रेस प्रवेश गरेका छन् । शुक्रबार सल्यान स्थित महेन्द्रदोय माध्यमिक विद्यालयमा भएको नेपाल विद्यार्थी संघको नेचासल्यान गाउँपालिका स्तरिय भेलामा बामपन्थी नेता शर्मा कांग्रेस पार्टीमा प्रवेश गरेका हुन् । शर्मालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य बल बहादुर केसीले अविर माला लगाई पार्टी प्रवेश गराए ।

पार्टी प्रवेश गर्दै शर्माले नेकपा भित्र सैद्धान्तिक बिचलन आएकै कारण पार्टी परिर्वतन गर्नुपरेको बताए । उनले भने, ‘पार्टी योगदानलाई कदर नगरेकै कारण कांग्रेसमा प्रवेश गरेको हूँ ।’ शर्मालाई जिल्ला कार्यसमितिमा आमन्त्रित सदस्यको रुपमा स्वागत गरिएको सभापति विनोद बस्नेतले बताए । ‘नयाँ विधान अनुसार आमन्त्रित सदस्यमा स्विकार गरेका हौ ।’ उनले भने, ‘पुराना कम्यूनिष्ट नेता कांग्रेस प्रवेश गर्दा खुलिे गदगद छौ ।’

को हुन् शर्मा ?

२०३१ साल देखि तत्कालिन मालेको सम्पर्कमा रहेका शर्मा २०३६ सालमा अनेरास्ववियूमा आबद्ध भएका थिए । २०४१ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको संस्थापक जिल्ला अध्यक्ष बनेका शर्माले शैक्षिक आन्दोलनमा सहभागी भएकै कारण पन्चायती सरकारको दबाबमा शिक्षण पेशा छाड्नुपरेको थियो । त्यसबेला हालका नेकपा नेता राम कार्की र शर्मा सहित ७ जना शिक्षण पेशावाट अलग भएका थिए ।

२०४३ सालमा जिल्लामा जनपक्षिय उम्मेद्धार बनेका उनले राजधानीमा बुद्धिजिबी परिष्मा रहेर केहि बर्ष काम गरे । त्यसपछि २०४६सालमा तत्कानि नेता शुशिला श्रेष्ठ र उदय बस्नेतलाई सल्लेरीमा ल्याएर आमसभा गरेका शर्माले रामराजा प्रसाद सिंहको सिंहदरबार बमकाण्डमा ३ महिना जेल जीवन पनि बिताए । उनी ५ पटक प्रहरी हिरासतमा पुगेका छन् ।

२०५४ सालको निर्वाचनमा नेचाबेतघारी गाविसको उपाध्यक्ष पदमा विजयी भएका शर्मा शसस्त्र जनयुद्धका समयमा २०५९ भाद्र २७ गते तत्कालिन माओबादीको आक्रमणमा परे । उनी द्धन्द्धपिडित पनि हुन् । नेकपा एमालेको जिल्ला कमिटी उपसचिब समेत भईसकेका शर्माले प्रदेश निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि जनाउदै प्रदेश ‘ख’वाट स्वतन्त्र उम्मेद्धारी दिएका थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु