बाटो विस्तारका लागि सोलु–दुधकुण्डले ल्यायो डोजर र रोलर

सोलुखुम्बु, माघ ८ – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्रमा सडक सञ्जाल विस्तारका लागि आफ्नै डोजर र रोलर खरिद गरेको छ । सडक निर्माणमा छलाङ मार्ने लक्ष्यका साथ नगरपालिकाले खरिद गरेको डोजर र रोलर नगरपालिका भित्र्याईएको हो ।

चुनावी घोषणा पत्रमा जनाईएको प्रतिबद्धता र नगरसभाको निर्णय बमोजिम निर्माण सामागृमा आत्मानिर्भर बन्नका लागि सामानहरु खरिद गरिएको मेयर नाम्गेल जाङबु शेर्पाले बताए । कुल एक करोड ६५ लाखको लागतमा भित्राईएका ति उपकरणले सडक विस्तारको लागि तत्काल काम शुरु गर्ने बताईएको छ । विकासको आधारभुत आवश्यक्ता सडक नै भएकाले कम लागतमा जनताको घरदैलोमा मोटर बाटोको पहुँच पुर्याउन नगरपालिकाले नै निर्माणका साधन खरिद गरेको हो, मेयर शेर्पा भन्छन, ‘अब भित्राईएका ति उपकरणले नगरपालीका क्षेत्रमा तत्काल काम थाल्ने योजना बनाएका छौँ ।’

दश वटा वडा रेहेको नगरपालिकाले एक वडामा एक महिनाका दरले डोजर, रोलर र ट्रिपर काममा खटाउने निति लिएको छ । टोल–टोल सम्म सडक पहुँच विस्तार गर्नका लागि एउटा वडामा एक महिनासम्म लगातार ट्रयाक खन्ने र सम्याउने काम गर्दा एक बर्ष भित्र दुर दारजसम्मै सडक पुर्याउने योजना रहेको मेयर शेर्पाको भनाई छ । सडक विस्तारको लागि बजेट छुट्याएर ठेक्का वा उपभोक्ता समिति मार्फत काम गर्दा करोडौँ बजेटमा पनि सडक विस्तार सम्भव नहुने भएकाले आफ्नै साधनमा कर्मचारी तलब र तेल खरिद गरेकै भरमा वस्ति–वस्तिसम्म सडक पहुँच पुर्याउने लक्ष्य नगरपालिकाले लिएको छ ।

एक महिनासम्म एउटा वडाका लागि तिन वटै साधनका चालक र आवश्यक ब्यवस्थापन नगरपालिकाले गर्ने जनाईएको छ । यो सँगै नगरपालिकाको आफ्नै पुँजी पनि थपिएको छ । नगपालीकाले डोजर र रोलर ल्याएपछि स्थानीय थप आसा पलाएको छ । नगरपालीका भित्रै पुग्न नसकेको स्थानमा अब सडक पुग्नेमा स्थानीय आसावादी बनेका छन् । टप्टीङका फुला शेर्पाले अब गाउँपालीकाको सवै स्थानमा सडक पुग्नेमा आफु विश्वस्त रहेको र यसले नगरपालीकाको समृद्धिका लागी थप टेवा पुर्याएको बताए ।

अर्का उत्रमान राई भन्छन, ‘सदरमुकाम जान हिड्नुपर्ने बाध्यता हट्छ कि अब केहि आस पलायो, नगरपालीकाको कार्यलयमा पुग्न एक दिनको माया मारेर हिड्नुपर्ने अवस्था छ ।’
नगरपालीकाको सवै स्थानमा सडक बिस्तार भए कृषकहरुले उब्जाएको कृषि उपजहरुले सहजै बजार पाउने छ । अहिले कृषकहरु हरेक हप्ता शनीबार नगरपालीका सल्लेरीमा रहेको दोर्पु बजारमा बोकेरै सामानहरु ल्याउन बाध्य छन् । कतिपय स्थानमा सडकको पँहुच पुगेपनि अधिकांस स्थानमा सडकको सहज पँहुच नभएकाले नगरपालीकाले ल्याएको डोजर र रोलरले सडक बिस्तार हुने भन्दै खुसी भएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु